सबै ग्रहहरूमध्ये शनिदेव सबैभन्दा सुस्त गतिमा चल्ने ग्रह हो। शनि ग्रह कुनै एक राशिमा करिब साढे दुई वर्षसम्म रहन्छ, जसले गर्दा यसको प्रभाव राशिमा लामो समयसम्म रहन्छ। शनिको राशि परिवर्तन धेरै महत्त्वपूर्ण छ। शनि एक राशि छोडेर अर्को राशिमा जाँदा केही राशिमा शनिको साढे सातीको दशा सुरु हुन्छ भने कुनैमा शनिको ढैय्या। शनि ग्रहले एकैसाथ पाँच राशीमा बढी प्रभाव पार्छ। आउनुहोस् अब जानौं शनिको राशि कहिले परिवर्तन हुँदैछ र कुन राशिमा शनिको प्रभाव रहनेछ।
शनि अहिले मकर राशिमा विराजमान छ। २४ जनावरी २०२० देखि शनि यस राशिमा छ। शनि मकर राशिमा भएकाले यसको प्रभाव पाँच राशिमा परेको छ। धनु, मकर र कुम्भ राशीका लागि शनिको साढे सातीको दशा चलिरहेको छ भने मिथुन र तुला राशिका लागि शनिको ढैय्या चलिरहेको छ। ज्योतिषशास्त्रका अनुसार जब कसैको पनि शनिको साढे सातीको दशा चलिरहेको हुन्छ, तब उसको जीवनमा अनेक प्रकारका समस्या आउँछन्। कार्यमा निरन्तर बाधाहरू आउनेछन्।
अब सन् २०२२ मा शनिले राशि परिवर्तन गर्नेछ। २९ अप्रिल २०२२ मा शनिले मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछ। कुम्भ राशिमा शनिको गोचरसँगै मीन राशिका मानिसहरूमा शनिको साढे साती सुरु हुनेछ भने धनु राशिका मानिसहरूलाई शनिको दशाबाट मुक्ति मिल्नेछ। योसँगै मिथुन र तुला राशिबाट शनिको ढैय्या समाप्त हुनेछ।
ग्रहहरू प्रायः मार्गीबाट प्रतिगामी हुन्छन् र प्रतिगामीबाट मार्गी पनि हुन्छन्। जसका कारण १२ जुलाई २०२२ मा शनि फेरि एक पटक प्रतिगामी हुने छ। जसका कारण मकर राशिमा शनिको साढे साती फेरि आउनेछ। यस्तो अवस्था १७ जनावरी २०२३ सम्म रहनेछ, त्यसपछि कुम्भ राशिमा यात्रा सुरु हुनेछ।
सन् २०२२ मा शनिको अधिकतम प्रभाव आठ राशिमा देखिनेछ।
अप्रिल २९, २०२२ देखि जुलाई १२, २०२२ सम्म – मकर, कुम्भ, मीन, कर्कट र वृश्चिक राशिका मानिसहरूमा शनिको प्रभाव रहनेछ।
जुलाई १२, २०२२ देखि १७ जनावरी २०२३ सम्म – शनिको मकर, कुम्भ र धनु राशिमा साढे साती हुनेछ र शनिको ढैय्याले मिथुन र तुलालाई असर गर्नेछ।
सन् २०२२ मा शनिको प्रभाव ०८ राशिहरुमा – धनु, मकर, कुम्भ, मीन, मिथुन, तुला, कर्कट र वृश्चिक।
सन् २०२२ मा मेष, वृष, सिंह र कन्या राशिमा शनिको कुनै प्रभाव रहनेछैन।

