हप्ताको अन्तिम दिन पुन: घट्यो सुनको भाउ, कति ?

हप्तको अन्तिम दिन आज सुनको भाउमा सामान्य गिरावट आएको छ। बुधबारको तुलनामा बिहिबार ह्वात्तै ७ सय रुपैयाँको उचाल आएको सुनको भाउ शुक्रबार भने २ सय रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य बिहिबारको तुलनामा २ सयले घटेको छ। जससँगै आज नेपाली बजारमा छापवाला सुनको भाउ प्रतितोला ९३ हजार १ सय कायम भएको छ। बिहिबार भने छापावाला सुन तोलाको ९३ हजार ३ सयमा विक्री भएको थियो।

त्यस्तै, शुक्रबार तेजाबी सुनको भाउमा पनि दुई सय रुपैयाँको गिरावट आएको छ। बुधबारको तुलनामा बिहिबार ७ सय रुपैयाँले बढेर तोलाको ९२ हजार ८ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज २ सयले घटेर तोलाको ९२ हजार ६ सयमा किनबेच भइरहेको छ।

यस्तो रह्यो यो हप्ताभारी सुनको मूल्य

बार छापावाला सुन (प्रतितोला) तेजाबी सुन (प्रतितोला)
आइतबार ९३६०० ९३१००
सोमबार ९३८००  ९३३००
मंगलबार ९३०००  ९२५००
बुधबार ९२६०० ९२१००
बिहिबार ९३३००  ९२८००
शुक्रबार ९३१००  ९२६००

चाँदीको भाउ भने स्थिर 

शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ। बिहिबार १२ सय ६० मा किनबेच भएको चाँदी शुक्रबार पनि सोहि भाउमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : शुक्रबार, पुष ०९, २०७८११:२६

नेप्से घटे पनि मध्यभोटेकोशी जलविद्युत् लगानीकर्ता भने भए मालामाल !