मेस्सी भर्सेस लेवान्डोस्की: २०२१ मा कसले गर्यो उत्कृष्ट प्रदर्शन ? बालोन डी ओर विजेता सहि थियो ?

लियोनेल मेस्सी र रोबर्ट लेवान्डोस्की २०२१ को उत्कृष्ट पुरुष फुटबलर बनेका छन्। बालोन डी’ओरमा हेड-टू-हेड गएपछि अब फिफाको ‘द बेस्ट’ अवार्डका प्रमुख दुई दाबेदारका रूपमा रहेका यी दुई स्टारको २०२१ प्रदर्शन इतिहासको पानामा जाने कुरालाई अस्वीकार गर्न सकिँदैन।

यद्यपि, कुन खेलाडीको यो क्यालेन्डर वर्ष सर्वश्रेष्ठ थियो भन्ने बारेको बहस उठ्न छोडेको छैन, विशेष गरी मेस्सीले आफ्नो सातौं बालोन डी’ओर ट्रफी जितेको प्रकाश पार्दै।

मेस्सी भर्सेस लेवान्डोस्की

फ्यानहरू लेवान्डोस्कीको व्यक्तिगत वर्ष राम्रो भएको दाबी गर्दै र मेस्सीले अर्जेन्टिनालाई कोपा अमेरिकाको महिमा जित्न प्रेरित गरेको कारण दुई स्टार बीच विभाजित भएको देखिन्छ। यस्तोमा आज हामी तपाईंलाई दुबै स्टारको २०२१ को क्यालेन्डर वर्षको पूर्ण तथ्यांक देखाउँन जाँदैछौं।

क्लब गोल 

रोबर्ट लेवान्डोस्की ५८-३४ लियोनेल मेस्सी

क्लब असिस्ट 

लियोनल मेस्सी १४-९ रोबर्ट लेवान्डोस्की

क्लब फुटबलमा मिनेट-प्रति-गोल 

रोबर्ट लेवान्डोस्की ६८.६-११३.० लियोनेल मेस्सी

अन्तर्राष्ट्रिय गोल 

रोबर्ट लेवान्डोस्की ११-९ लियोनल मेस्सी

नन-पेनाल्टी गोल 

रोबर्ट लेवान्डोस्की ५८-३८ लियोनेल मेस्सी

ह्याट्रिक 

रोबर्ट लेवान्डोस्की ५-१ लियोनल मेस्सी

फ्री-किक गोल 

लियोनल मेस्सी ५-० रबर्ट लेवान्डोस्की

टिम ट्रफी 

रोबर्ट लेवान्डोस्की ३-२ लियोनेल मेसी

प्रमुख व्यक्तिगत अवार्ड 

रोबर्ट लेवान्डोस्की ५-५ लियोनल मेस्सी

तथ्यांकको कुरा गर्नुपर्दा मेस्सीको भन्दा लेवान्डोस्कीको वर्ष निकै उत्कृष्ट रह्यो। क्लब र अन्तर्राष्ट्रिय स्तरमा धेरै गोलहरू सहित, धेरै ह्याट्रिकहरू, नन-पेनाल्टी गोलहरू र टिम ट्रफीहरू जित्दा, पोल्याण्डका फरवार्ड मेस्सीको तुलनामा अगाडी रहे।

प्रकाशित : शुक्रबार, पुष ०९, २०७८१४:०२

सोचे भन्दा गम्भीर निस्कियो नेयमारको चोट, पिएसजीलाई लाग्यो नराम्रो झड्का !