नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव मृ-त फेला परेका छन्। एसएसपी यादव शनिबार दिउँसो आफ्नो क्वाटरमा झु-ण्डि’एको अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जनाएको छ।
एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट समेत रहेका यादव संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत प्रहरी कर्मचारी थिए। आफ्नै क्वाटरमा बस्दै आएका उनी शनिबार दिउँसो झु-ण्डि’एको अवस्थामा मृ-त फेला परेका हुन्। घटना बारे अनुसन्धान सुरु भएको र थप विवरण आउन भने बाँकी रहेको बताइएको छ।
ट्रक दुर्घटनामा एकको ज्यान गयो
मेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको ज्यान गएको छ। आज बिहान ८ः३० बजे बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राइले जानकारी दिए ।
ट्रक लगभग १०० मिटर तल पुगेको स्थानीयवासीले बताएका छन् । जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल कार्कीको ज्यान गएको निरीक्षक राईले बताए । कार्की गाडीधनी हुन् । अहिले प्रहरीले घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।