पेप ग्वार्डीओलाले जनवरीमा फेरान टोरेसलाई प्रतिस्थापन नगर्ने योजना बनाएका छन्। तर स्पेनिस युवा स्टारको बहिर्गमनले आउँदो समरमा नयाँ फरवार्डमा हस्ताक्षर गर्ने सिटीको आवश्यकतालाई तीव्र पार्नेछ।
म्यानचेस्टर सिटीले २०२१ को समर विन्डोमा ह्यारी केनलाई अनुबन्ध गर्न चाहन्थ्यो, र म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफोर्डमा रोनाल्डोलाई फर्काउनु अघि क्रिस्टियानो रोनाल्डोलाई ब्याक-अप विकल्पको रूपमा राखेको थियो। हाल सिटीमा कुनै पनि प्रोपर स्ट्राइकर छैनन्। र अब उनीहरु अर्का एक युवा स्ट्राइकर गुमाउँदै छ।
ग्वार्डीओलाले टोरेसको निकासलाई स्वीकृत गरे किनभने उनी भन्छन् कि उनी सधैं दुखी खेलाडीहरूलाई छोड्ने अनुमति दिन्छन्, तर उनको टोलीले पूर्व भ्यान्सिया स्टार बिना अक्टोबर देखि निकै उत्कृष्ट प्रदर्शन गर्दैछ। अब, सिटीको ध्यान आउँदो समरमा नयाँ स्ट्राइकर तर्फ जानेछ र टोरेसको ५५ मिलियन ट्रान्सफर बूस्टले धेरै मद्दत गर्नेछ।
टोटेनह्यामले वार्ता गर्न चाहेको खण्डमा यस सिजनको सुरुमा सिटीसँग करिब १०० मिलियन पाउण्डमा केनलाई अनुबन्ध गर्न पैसा थियो, जसमा ज्याक ग्रेलिसको १०० मिलियन पाउण्ड शुल्क स्ट्राइकर कोषबाट अलग थियो। पछि सिटीले खेलाडी विक्री तथा अन्य श्रोतबाट ६० मिलियन उठायो जसको कारण ग्रेलिस ट्रान्सफरमा व्यावहारिक रूपमा ४० मिलियन मात्र खर्च भएको देखियो।
अर्को समरमा टोरेस बहिर्गमनबाट आएको करिब ४७ मिलियन क्लबले सिदै स्ट्राइकर किन्ने खल्तीमा हाल्न सक्षम हुनेछ। जसमा बोनसहरु थप गर्दा एउटा ट्रान्सफरका लागि राम्रो रकम जम्मा हुनेछ। त्यस्तै, बोरुसिया डर्टमण्ड स्टार एर्लिंग हालाण्डको ट्रान्सफर शुल्क ७५ मिलियन भन्दा बढी तिर्नु पर्ने हुँदा सिटीले आफूले लोनमा पठाएको ३ खेलाडीलाई स्थायी रूपमा बेच्ने तयारी पनि चलिरहेको छ।
यदि सिटीको यो तीन योजना सफल भएको भने उनीहरुसँग नर्वेजियन खेलाडीलाई अनुबन्ध गर्ने पैसा जम्मा हुनेछ। यस्तोमा व्यावहारिक रूपमा हेर्दा सिटीले पूर्व २१ वर्षीय स्टारलाई बिना खर्च गरी क्लब भित्र्याउन सफल हुनेछ।