खारेज हुँदै एसईई !

काठमाडौँ – एसईई परीक्षा अब आउने समयमा खारेज हुने भएको छ। प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएसँगै एसईई परीक्षा हुने भएको हो।

बिहिबार बसेको समितिको बैठकले एसइई खारेज गर्न दिइएको पूरानो निर्देशनलाई कार्यान्वयन गराउन पुनः निर्देशन दिएको छ। यस अगाडी समितिले २९ जेठ ०७७ मा एसइई खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो। समितिको बिहीबारको बैठकले कक्षा-१२ सम्म स्कुल तह भएकाले खारेज गर्न सरकारलाई भनेको छ।

समितिका सभापति जयपुरी घर्तीका अनुसार समितिमा उल्लेख्य छलफल गरेर नै यस्तो निर्णय गरिएको हो। कोभिडको बेला पनि यस सम्बन्धमा धेरै छलफल भैसकेको उनको भनाई छ। समितिले शिक्षामन्त्रीलाई एसईई खारेज गर्न निर्देशन दिसकेको उनले बताए।

त्यस्तै शिक्षामन्त्री देवेन्द्र पौडेलले भने कक्षा १२ सम्म विद्यालय तह घोषणा गरेकाले एसइई गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रालयमा दैनिक जस्तो सरोकारवाला निकायसँग छलफल गरिरहेको बताए।

हतार हरेर खारेज गर्ने भन्दा पनि वृहत छलफल गरेर मात्र निर्णय लिने तर्फ सरकार केन्द्रित रहेको पौडेलको भनाई छ। यो विषयमा मन्त्रालयले दबावमा आएर भन्दा पनि थप अध्ययन पछि निर्णय लिने पौडेलले बताए।

प्रकाशित : शुक्रबार, पुष ०९, २०७८१७:११

“भाडामा बस्नेलाई पनि विद्युत् मिटर उपलब्ध हुन्छ”