प्रियंकालाई झपक्कै क्रिसमस लाग्यो, छोरीसँग मख्ख देखिइन् ! [तस्विर सहित]

काठमाडौँ – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको धार्मिक विश्वास रहेको छ। उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेका छन् ।

धर्मनिरपेक्ष देशको रुपमा रहेको नेपालमा अन्य धर्म मान्ने नागरिकहरुले पनि क्रिसमसलाई महत्वका साथ लिने गरेका छन्। यसै बीच नायिका प्रियंका कार्कीले क्रिसमसको अवसरमा सबैलाई शुभकाना दिएकी छन्।

सामाजिक संजाल मार्फत शुभकामना दिनेक्रममा उनले क्रिसमसका अवसरमा केहि तस्विरहरु पनि सार्वजनिक गरेकी छन्। सार्वजनिक भएका तस्विरहरुमा उनीसँग छोरी आयंका, उनका पति आयुष्मान देशराज जोशी पनि देखिएका छन्। तस्विरमा सबै जना उस्तै ‘आउटफिट’मा देखिएकी छन्।

“मेरी क्रिसमस ! हाम्रो परिवारको तर्फबाट तपाईलाई क्रिसमसको शुभकामना !”,तस्विरहरु सार्वजनिक गर्दै प्रियंकाले लेखेकी छन्। प्रियंका इन्स्टाग्राममा सबै भन्दा बढी फलो गरिएकी नेपाली नायिका समेत हुन्। उनले विभिन्न अवसरहरुमा तस्विर सार्वजनिक गर्दै आएकी छन्।

प्रकाशित : शनिबार, पुष १०, २०७८११:१७

डिभोर्स भएका सामन्था र नागा चैतन्यको जब जम्काभेट भयो …