काठमाडौँ : ज्योतिष शास्त्रका अनुसार शनिदेव कसैप्रति दयावान भए तिनको भाग्य चम्कन कति पनि समय लाग्दैन्। त्यो व्यक्तिको जीवन खुशीयालीले भरिन्छ। त्यस्तै यदि शनिदेवको वक्रदृष्टि कसैमाथि पर्यो भने त्यस व्यक्तिको जीवन नर्कमय हुन्छ। तिनी हरेक पाइला-पाइलामा ठक्कर खान पुग्छन्। साथै तिनी गरिबीको चरम रेखामुनि पुग्छन्।
शनिको राशि परिवर्तनले सबै मानिसको जीवनमा विशेष प्रभाव पार्छ। शनिले हरेक अढाई वर्षमा आफ्नो राशि परिवर्तन गर्छ। शनि यतिबेला मकर राशिमा रहेको छ। सन् २०२२ मा शनि आफ्नै राशि कुम्भमा प्रवेश गर्नेछ। शनिदेव आफ्नै राशिमा आउँदा कुन राशिका व्यक्तिहरुमा शनिको ढैय्या र साढेसातीको प्रभाव पर्ला त ?
३० वर्षपछि शनिले राशि परिवर्तन गर्ने
आउँदो वर्ष २०७९ को वैशाख १६ गते (सन् २०२२ अप्रिल २९) शनिदेव कुम्भ राशिमा प्रवेश गर्नेछ। ज्योतिष शास्त्रका अनुसार शनिले साढे दुई वर्षमा एक पटक राशि परिवर्तन गर्छ। यसरी शनि ३० वर्षपछि आफ्नै राशि कुम्भमा फर्किनेछ।
कुन राशिमा कस्तो रहनेछ साढेसातीको प्रभाव : –
ज्योतिष शास्त्रका अनुसार सन् २०२२ मा शनि कुम्भ राशिमा प्रवेश गर्नेबित्तिक्कै धनु राशिका व्यक्तिहरुलाई साढेसातीबाट मुक्ति मिल्नेछ । जबकि राशिचक्रको सबैभन्दा अन्तिम राशि मीनमा साढेसातीको पहिलो चरण सुरु हुन्छ। त्यस्तै कुम्भ राशिमा साढेसातीको दोस्रो चरण सुरु हुन्छ। यसबाहेक मकर राशिमा साढेसातीको अन्तिम चरण सुरु हुनेछ।
सन् २०२२ मा शनिको ढैय्या र साढेसाती
सन् २०२२ मा शनिको गोचरपछि दुई राशिमा शनिको ढैय्या सुरु हुनेछ। सन् २०२२ मा कर्कट र वृश्चिक राशिमा शनिको ढैय्या आउनेछ। यस्तो अवस्थामा कर्कट र वृश्चिक राशिका व्यक्तिहरु अत्यन्तै सावधान रहनुपर्छ। अर्कोतर्फ मिथुन र तुला राशिका जातकले शनिको ढैय्याबाट मुक्ति पाउनेछन्।