एजेन्सी – प्रिमियर लिग क्लब लिड्सका ब्राजिलियन फरवार्ड राफिन्हा भित्र्याउने दौडमा सबै भन्दा अगाडी जर्मन च्याम्पियन बायर्न म्युनिख सबै भन्दा अगाडी देखिएको छ। लिड्सका सबै भन्दा प्रभावशाली फरवार्डको रुपमा रहेका राफिन्हालाई अनुबन्ध गर्न सबै भन्दा अगाडी बायर्न आएको हो।
विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले गरेको दावी अनुसार बायर्न राफिन्हाका लागि ५० मिलियन युरो सम्म तिर्न तयार भएको छ। लिड्स र बायर्न बीच राफिन्हाको विषयमा छलफल भइरहेको र छिट्टै सहमति हुन सक्ने मिडियाहरु बताउँछन्।
राफिन्हालाई भित्र्याउन खोज्ने बायर्न एक्लो क्लब होइन, अन्य क्लबहरु पनि उनलाई भित्र्याउन चाहिरहेका छन्। तर पछिल्लो अवस्थालाई हेर्ने हो भने यो दौडमा बायर्न अगाडी निस्किने देखिन्छ।
कुन-कुन क्लब छन् दौडमा ?
राफिन्हा माथि बायर्नका अलावा प्रिमियर लिग क्लब लिभरपुल र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) जस्ता क्लबको पनि नजर छ। दुवै क्लबले राफिन्हालाई भित्र्याउन चाहेका छन्।
जारी सिजनमा लिड्स कम्जोर अवस्थामा रहेपनि राफिन्हाले भने आफ्नो लयलाई कायमै राखेका छन्। सहकर्मीहरु घाइते भएर क्लब संकटमा परेको अवस्थामा पनि उनले १६ खेलमा ८ गोल गरेका छन् भने १ असिस्ट दिएका छन्।
त्यस्तै उनी ब्राजिलको राष्ट्रिय फुटबल टोलीबाट पनि धेरै राम्रो खेलिरहेका रहेका छन्। विश्वकप छनौटमा राफिन्हाले गोल गर्दै आफू राष्ट्रिय टोलीको महत्वपूर्ण हिस्सा बन्न सक्ने प्रमाणित गरेका थिए।

