उत्कृष्ट खेलाडीको सूचीमा रोनाल्डो हालाण्ड भन्दा पनि पछि परे, मेस्स्सी कति नम्बरमा ?

एजेन्सी – क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी दुवै यस वर्षको गार्जियनको उत्कृष्ट १०० पुरुष फुटबलरको सूचीमा शिर्ष स्थानमा पर्न असफल भएका छन्। लगातार गार्जियनको उत्कृष्ट १०० पुरुष फुटबलरको सूचीको शिर्ष स्थानमा मेस्सी र रोनाल्डो मध्ये एक पर्दै आएपनि धेरै पछि यसपटक दुवैको नाम नपरेको हो।

प्रसिद्ध बेलायती मिडिया गार्जियनले हरेक वर्ष विश्वका १ सय उत्कृष्ट पुरुष फुटबलरहरुलाई समेटेर एक सूची सार्वजनिक गर्छ। सो सूचीको शिर्ष स्थानमा सन् २००८ यता मेस्सी र रोनाल्डो मध्ये कोहि न कोहि पर्दै आएका थिए। तर यस वर्ष भन्दा दुवै शिर्ष स्थानमा पर्न सकेनन्।

यस वर्ष सूचीको शिर्ष स्थानमा बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की पर्न सफल भएका छन्। शिर्ष स्थानमा पकड बनाउँदा उनले बालोन डी’ओर विजेता लियोनेल मेस्सीलाई पछि पार्न सफल भए।

त्यस्तै तेस्रो स्थानमा लिभरपुलका मोहम्मद सलाहले पकड बनाएका छन्। बालोन डी’ओरमा सातौं स्थानमा सिमित भएका उनी गार्जियनको सूचीमा तेस्रो स्थानमा परेका छन्।

चौंथो र पाँचौं स्थानमा क्रमशः करिम बेन्जेमा र जोर्गिन्हो पर्दा किलियन एम्बाप्पे उक्त सूचीको छैठौं स्थानमा परेका छन्। बोरुसिया डर्टमन्डका युवा स्टार एर्लिङ हालाण्ड रोनाल्डोलाई पछि पार्दै सातौं स्थानमा परेका छन्। रोनाल्डो यस वर्षको सूचीमा आठौँ स्थानमा परेका छन्। एनगोलो कान्टे र केभिन डे ब्रुइन क्रमशः नवौं र दशौँ स्थानमा परेका छन्।

प्रकाशित : आइतबार, पुष ११, २०७८११:४४

पिएसजी च्याम्पियन्स लिगबाट आउट, एम्बाप्पे पिएसजीबाट आउट ?