निकै दुर्लभ माछाले वैज्ञानिकलाई छक्क बनायो, हिड्ने हात पनि रहेछ ! [भिडियो]

Red handfish, Thymichthys politus, rare and critically endangered species known only from this area, Southeastern Tasmania, Australia (Photo by: Auscape/Universal Images Group via Getty Images)

एजेन्सी – कयौं वर्षपछि एक दुर्लभ माछाको प्रजाति फेला परेको छ। २२ वर्ष भन्दा बढी समय पछि अष्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेशन (CSIRO) का वैज्ञानिकहरुले निकै नै दुर्लभ हिड्न सक्ने माछा फेला पारेका हुन्।

पछिल्लो पटक तस्मानियाको तटमा २२ वर्ष अगाडी सन् १९९९मा भेटिएको ‘पिंक ह्याण्डफिस’ नामक माछा पुनः अस्ट्रेलियामै फेला परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। यो  माछा एक सय वर्षअगाडि देखिएको थियो भने यो माछालाई देखिएको यो पाँचौ पटक हो।

 

अष्ट्रेलियाको मरीनका रिसर्चरहरुले तस्मान फ्र्याक्चर मरीन पार्कस्थित समूद्र तल जदाल गरेको क्यामराले पिंक ह्याण्डफिसलाई फेला पारेको बताइएको छ। उक्त क्यामरा फेब्रअरी २०२१ मा जडान गरिएको थियो।

२२ वर्षअगाडि देखिँदा नै वैज्ञानिकहरुले उक्त माछाको प्रजातिलाई खतराको सूचीमा राखेका थिए। तर अहिले आएर पुनः सो माछा फेला परेपछि वैज्ञानिकहरु पनि चकित परेका छन्। माछा विभिन्न ठाउँमा गरी १४ वटा भेटिएको बताइन्छ। सो संख्या अझ बढेको हुन सक्ने अनुमान गरिएको छ। यस प्रजातिको माछा १५ देखि ४० मिटरको गहिराईमा पाइने वैज्ञानिकहरु बताउँछन्।

कस्तो हुन्छ ह्याण्डफिस ?

यस माछा एंगलरफिस समूहमा पर्छ। सानो आकारमा हुने यो माछाका स–साना हातहरु हुन्छन्। हातलाई यी माछाहरुले तैरिन मात्र नभई हिड्नको लागि पनि प्रयोग गर्छन्। धेरै नै छोटा हुने भएका कारण यस प्रजातिका माछाहरुलाई सहजै चिन्न सकिँदैन। यसको लम्बाई मात्र १५ सेन्टिमिटर हुने वैज्ञानिकहरु बताउँछन्।

प्रकाशित : आइतबार, पुष ११, २०७८१३:५८

चीनले बनायो आफ्नै सूर्य, प्राकृतिक भन्दा छ ५ गुणा तातो !