पोग्बालाई रियलले सित्तैमा पाएपनि नकिन्ने !

Manchester United's French midfielder Paul Pogba makes a run during the English Premier League football match between Manchester United and Newcastle United at Old Trafford in Manchester, north west England, on December 26, 2019. (Photo by Paul ELLIS / AFP) / RESTRICTED TO EDITORIAL USE. No use with unauthorized audio, video, data, fixture lists, club/league logos or 'live' services. Online in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No video emulation. Social media in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No use in betting publications, games or single club/league/player publications. / (Photo by PAUL ELLIS/AFP via Getty Images)

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले मिडफिल्डर पल पोग्बालाई जनवरी ट्रान्सफर विन्डोमा बिक्री नगर्ने भएको छ। यस सिजनको अन्त्य सम्मका लागि मात्र सम्झौता बाँकी रहेका पोग्बालाई युनाइटेडले जनवरी ट्रान्सफर विन्डोमा बिक्री नगर्ने भएको हो।

पलसँग सम्झौता थप नहुनेमा स्पष्ट भएर पनि युनाइटेडले उनलाई बिक्री गर्ने कुनै पनि योजना बनाएको छैन। हालको अवस्थालाई हेर्ने हो भने युनाइटेड पोग्बालाई सम्झौता सकिएपछि जान दिने पक्षमा देखिएको छ।

सिजनको शुरुवातमा सम्झौता थपका लागि केहि पहल युनाइटेडले गरेको थियो। युनाइटेडको तर्फबाट भएका सम्पूर्ण प्रस्तावलाई पोग्बाले अस्विकार गरिदिएका थिए। त्यसपछि युनाइटेडले कुनै पनि पहल गरेको छैन।

कहाँ जालान् पोग्बा ?

गएको केहि समय देखि पोग्बा रियल म्याड्रिड जाने चर्चा चलिरहेको छ। पोग्बा फ्री ट्रान्सफरमा उपलब्ध भएको खण्डमा रियलले उनलाई भित्र्याउने दावी गरिन्छ। गएका वर्षहरु देखि नै रियलले पोग्बा माथि नजर लगाइरहेको छ।

जिनेदिन जिदान रियलको प्रशिक्षक हुँदा उनले पोग्बालाई भित्र्याउन धेरै नै प्रयास गरेका थिए। तर रियलको प्रशिक्षकमा कार्लो एन्सेलोटी नियुक्त भएपछि भने पोग्बा रियल जाने-नजाने भन्ने कुरा अन्योलमा परेको छ। बताइएअनुसार, एन्सेलोटी पोग्बालाई रियलमा चाहँदैनन्।

पोग्बालाई भित्र्याउने भन्दा पनि अन्य युवा खेलाडीमा लगानी गर्न एन्सेलोटीले रियललाई सुझाव दिएको विभिन्न संचार मध्यमहरु बताउँछन्।

रियल पोग्बा भित्र्याउन अनिच्छुक भएको खण्डमा उनले अर्को क्लबको खोजि गर्नुपर्नेछ। हुन त रियल बाहेक अन्य क्लबले पनि उनी माथि चासो देखाएका छन्। रियल ब्याक भएको खण्डमा उनी बार्सिलोना र पिएसजीको प्राथमिकतामा हुनेछन्।

प्रकाशित : सोमबार, पुष १२, २०७८१३:००

लिभरपुलले पायो ठूलो राहत !