हिजो घटेको सुनको मूल्य आज पनि घट्यो ! कति ?

काठमाडौँ – साताको तस्रो दिन आज सुनको मूल्य घटेको छ। साताको पहिलो दिन आइतबार स्थिर रहेर सोमबार सामान्य रुपले घटेको सुनको मूल्य आज पनि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ ​सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९२ हजार ५ ​सय रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य १ हजार २ सय ६० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : मङ्गलबार, पुष १३, २०७८११:०२

हुम्लामा चिसो बढ्यो: कक्षा कोठामा विद्यार्थी नै कठ्याङ्ग्रिने अवस्था, खुल्ला चौरमा परीक्षा !