दुबईमा रोनाल्डो, एम्बाप्पे र लेवान्डोस्कीको वर्चस्व, मेस्सीको हातमा लाग्यो शून्य !

किलियन एमबाप्पे दुबईमा भएको ग्लोब सकर अवार्डमा पेरिस सेन्ट जर्मेनका आफ्ना सहकर्मी लियोनल मेस्सीलाई पछि पार्दै ‘वर्षको उत्कृष्ट पुरुष खेलाडी’ घोषित भएका छन्। सन् २०२१ मा पीएसजीका लागि ३६ गोलका साथै थुप्रै असिस्ट प्रदान गरेका एम्बाप्पेका लागि व्यक्तिगत रूपमा वर्ष उत्कृष्ट रह्यो।

तर पूर्व मोनाको स्टारलाई युरो २०२० भने निकै कठिन रह्यो। अन्तिम-१६ को खेलमा स्विजरल्याण्ड विरुद्ध निर्णायक पेनाल्टीमा चुक्दा उनको निकै आलोचना भयो। जसपछि उनी रियल म्याड्रिड ट्रान्सफर प्रकरणमा पनि संलग्न रहे। जसको कारण सिजनको सुरुमा २३-वर्षीय युवालाई पिएसजी समर्थकहरूले ‘बु’ समेत गरे, तर यस सिजन २४ खेलमा १५ गोल र १५ असिस्ट प्रदान गरेका एम्बाप्पेका लागि उक्त आलोचना तुरुन्त प्रशंसामा परिणत भएको छ।

मेस्सीले गत महिनाको अन्त्यमा पेरिसमा अर्जेन्टिनालाई कोपा अमेरिकामा मद्दत गर्दै कीर्तिमानी सातौं बालोन डी’ओर जितेका थिए। रोबर्ट लेवान्डोस्की, जोर्गिन्हो र क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडी अगाडी रहँदा एमबाप्पे उक्त भोटको शीर्ष १० मा खुम्चिए। तर दुबईमा भएको ग्लोब सकर अवार्डमा उनलाई उत्कृष्ट खेलाडीको रूपमा मान्यता दिइयो जहाँ थुप्रै व्यक्तिगत अवार्डहरू बाँडिएको थियो।

इटालीको युरो २०२० सफलता रोबर्टो म्यानसिनी वर्षको उत्कृष्ट प्रशिक्षक, जियानलुइगी डोनारुमा वर्षको उत्कृष्ट किपर, लियोनार्डो बोनुची उत्कृष्ट डिफेन्डर र अज्जुरीलाई वर्षको उत्कृष्ट राष्ट्रिय टोलीको उपाधिसहित विभिन्न श्रेणीहरूमा झल्किएको थियो। थोमस टुचेलले ब्लुजलाई दोस्रो च्याम्पियन्स लिगको उपाधि जिताएपछि चेल्सीलाई उत्कृष्ट क्लब टोलीको उपाधि दिइएको थियो।

क्रिस्टियानो रोनाल्डोले पुरुषको अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान तोड्ने सम्मान पाएका थिए, जुन वर्ष उनले ८०० सिनियर गोल पनि पूरा गरेका थिए। म्यानचेस्टर युनाइटेडका सुपरस्टारले अक्टोबरमा १०९ गोलको माइलस्टोनमा पुग्ने अली डेईको लामो समयको कीर्तिमानलाई तोडेका थिए। लेवान्डोस्कीले टिकटोक फ्यानहरूका लागि प्लेयर अफ द इयर र म्याराडोना अवार्ड जित्न सफल भए।

म्यानचेस्टर सिटीका प्रमुख टिकी बेगिरस्तान वर्षको खेल निर्देशक घोषित भए भने फेडेरिको पास्टेलोले एजेन्टको अवार्ड जितेका थिए। महिला विधामा एलेक्सिया पुटेलासले उत्कृष्ट महिला खेलाडी घोषित भई बालोन डी’ओर अवार्डमा अर्को अवार्ड थप गरेकी छिन्।

प्रकाशित : मङ्गलबार, पुष १३, २०७८१५:०९

क्लोप भन्छन् – ‘गार्हो छ, तर सिटीलाई जसरी पछि पार्ने छौँ’