काउटिन्हो बार्सिलोनाबाट आउट, अब प्रिमियर लिग फर्किने !

एजेन्सी – ब्राजिलियन फुटबलर फिलिपे काउटिन्हो पुनः प्रिमियर लिग फिर्ता हुने सम्भावना बढेको छ। काउटिन्होलाई प्रिमियर लिगको एक क्लबले भित्र्याउन चाहेसँगै काउटिन्हो पुनः प्रिमियर लिगमा फिर्ता हुने सम्भावना बढेको हो।

विभिन्न बेलायती संचार माध्यमहरुले गरेको दावी अनुसार काउटिन्होलाई प्रिमियर लिग क्लब आर्सनलले भित्र्याउन चाहेको छ। काउटिन्होको सम्बन्धमा दुई पक्ष बीच छलफल अगाडी बढिसकेको बेलायती संचार माध्यमहरु बताउँछन्।

काउटिन्होलाई लिएर आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले समेत ‘ग्रिन सिग्नल’ दिसकेको बताइन्छ। आर्सनलका अधिकारीहरुले काउटिन्हो बारे प्रश्न गर्दा राख्दा अर्टेटाले सकारात्मक जवाफ दिएको विभिन्न खेल मिडियाहरुको दावी छ।

जनवरी ट्रान्सफरमै आर्सनल पुग्न सक्छन् काउटिन्हो

आर्सनलले चासो देखाएसँगै काउटिन्होका एजेन्टहरु लण्डन जाने भएका छन्। काउटिन्होका बारेमा छलफल गरेर ‘डिल’ फाइनल गर्नको लागि काउटिन्होका एजेन्टहरु लण्डन जाने भएका हुन्। आउने साता नै उनीहरु लण्डन पुग्ने छन्।

मंगलबार आएका खबरहरुका अनुसार काउटिन्हो माथि आर्सनलका अलावा टोटेनह्याम, एभर्टन र न्यूक्यासल समेत चासो रहेको छ। यी क्लबहरु पनि काउटिन्होलाई जनवरी ट्रान्सफर विन्डोमै भित्र्याउन चाहन्छन्। तर हालको अवस्थालाई हेर्दा काउटिन्हो अन्यत्र भन्दा पनि आर्सनल जान सक्ने उच्च सम्भावना देखिन्छ।

बार्सिलोनालाई ठूलो राहत

काउटिन्होबाट बार्सिलोनाले छुटकारा पाउन खोजिरहेको छ। महँगो पारिश्रमिक लिने काउटिन्होबाट जसरी पनि छुटकारा पाउने बार्सिलोनाको चाहना छ। काउटिन्होलाई बिक्री गर्न सके बार्सिलोनालाई धेरै नै ठूलो राहत मिल्नेछ।

प्रकाशित : मङ्गलबार, पुष १३, २०७८१७:२२

यी दिग्गज खेलाडी भन्छन्-‘म्याराडोना उत्कृष्ट थिए तर मेस्सी जस्तो थिएनन्: मेस्सी ‘GOAT’ हुन्’