बालोन डी ओर विजेता नै २०२१ बेस्ट टिममा परेनन्; लेवान्डोस्की इन, रोनाल्डो आउट, को-को परे ?

यो वर्षको त्यो समय हो जब तथ्यांक संकलन गरिन्छ र रेकर्डहरू समीक्षा गरिन्छ। २०२१ फुटबलको जगतमा एक्शन-प्याक वर्ष रह्यो। २०२० मा कोभिड-१९ को प्रकोपले विश्वलाई ठप्प पारेको थियो। सौभाग्यका साथ, हामी यस वर्ष रिकभर गर्दैछौं र फुटबल एक वरदान भएको छ।

२०२१ मा धेरै उत्कृष्ट प्रदर्शनकर्ता रहेका छन्। हामी सबैलाई थाहा छ यो वर्ष बालोन डी’ओर दौड कत्तिको चुस्त थियो। एक क्यालेन्डर वर्षमा उत्कृष्ट खेलाडीहरूको सूची संकलन गर्नु एउटा कार्य हो, र उनीहरूको सम्बन्धित स्थानमा उत्कृष्ट खेलाडीहरु समावेश गर्दै टोली छनोट गर्नु पूर्ण रूपमा फरक चुनौती हो। यस्तोमा, प्रसिद्ध खेल वेब-साइट स्पोर्ट्सकिडाले विभिन्न तथ्यांकका आधारमा सन् २०२१ को उत्कृष्ट ११ छनोट गरेको छ।

स्पोर्ट्सकिडाले सार्वजनिक गरेको २०२१ को बेस्ट-११ यस प्रकार छ:-

प्रशिक्षक: थोमस टुचेल (चेल्सी)

गोलकिपर: एडुवार्ड मेन्डी (चेल्सी/सेनेगल)

राइट-ब्याक: ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड (लिभरपुल/इंग्ल्याण्ड)

लेफ्ट-ब्याक: जोआओ क्यान्सेलो (म्यानचेस्टर सिटी/पोर्चुगल)

सेन्टर ब्याक: रुबेन डियाज (म्यानचेस्टर सिटी/पोर्चुगल), मार्किनियोस (पीएसजी/ब्राजिल)

डिफेन्सिभ मिडफिल्डर: जोसुवा किमिच (बार्यन म्युनिख/जर्मनी), एन्गोलो कान्ते (चेल्सी/फ्रान्स)

अट्याकिङ मिडफिल्डर: केभिन डी ब्रुएन (म्यानचेस्टर सिटी/बेज्लियम)

 राइट-विंगर: मोहम्मद सलाह (लिभरपुल/इजिप्ट)

लेफ्ट-विंगर: किलियन एम्बाप्पे (पीएसजी/फ्रान्स)

स्ट्राइकर: रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख/पोल्याण्ड)

सब्सटिच्युट खेलाडी: जियानलुइजी डोनारुमा,  ब्रुनो फर्नान्डेज, क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा, लियोनल मेस्सी, एन्टोनियो रुडीगर

प्रकाशित : बुधबार, पुष १४, २०७८११:३७

मेस्सीसँग होला धेरै बालोन डी ओर, तर दुबई अवार्ड त रोनाल्डो कै बढी छ !