‘रोनाल्डो नहुँदा युनाइटेडले राम्रो खेल्छ, रोनाल्डो भए सबै बिग्रिन्छ’

एजेन्सी – प्रिमियर लिगमा सोमबार राति म्यानचेस्टर युनाइटेड न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकियो। युनाइटेडका स्ट्राइकरहरुले खासै कमाल गर्न सकेनन्। उक्त खेलमा क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडी समेत फ्लप सावित भए। सो खेलपछि सामाजिक संजाल देखि मिडिया सम्ममा युनाइटेडका खेलाडीहरुको आलोचना भइरहेको छ।

युनाइटेडका पूर्वखेलाडी ग्यारी नेभिलले त युनाइटेडका खेलाडीहरुले जित्ने क्षमता नै गुमाएको भनेर टिप्पणी गरेका छन्। युनाइटेडका खेलाडीहरु किच-किच गर्न र गुनासो गर्न मात्र जान्ने नेभिलको भनाई छ।

यसै बीच प्रिमियर लिगका पूर्व खेलाडी गेब्रियल अग्बोनलाहोरले पनि रोनाल्डोको आलोचना गरेका छन्। रोनाल्डोले हात उठाउने कार्य मात्र गरेको भन्दै आलोचना गरेका हुन्। रासफोर्ड, ग्रीनवुड र सान्चो जस्ता खेलाडीले प्रहार गर्न खोज्दा रोनाल्डोले हात उठाउने गरेको देख्दा अचम्म लागेको अग्बोनलाहोरको भनाई छ।

फुटबल इनसाइडरसँग कुराकानी गर्नेक्रममा अग्बोनलाहोरले रोनाल्डोको आगमन पछि रासफोर्ड र ग्रीनवुडको फर्म खस्किएको पनि बताए। रोनाल्डोको आगमन पछि धेरै खेलाडीहरुले खुलेर खेल्न न्सक्केको अग्बोनलाहोर बताउँछन्। युनाइटेडका खेलाडीहरुले रोनाल्डोका लागि अवसर शिर्जना गरिदिनुपर्ने हुँदा सबै कुरा बिग्रिएको अग्बोनलाहोरको बुझाई छ। त्यस्तै उनले रोनाल्डो नहुँदा युनाइटेडले चेल्सी विरुद्ध धेरै राम्रो खेलेको पनि बताए।

रोनाल्डो फुटबल करियर भर अद्भुत खेलाडी रहेपनि अहिले अवस्था फेरिएको अग्बोनलाहोरको भनाई छ। अग्बोनलाहोरले भने,”उनी एक अद्भुत खेलाडी हुन्। तर अवस्था उस्तै रहेन। पहिला जस्तो थिए अब त्यस्तै छैनन्। म्यान युनाइटेडले रोनाल्डो बेन्चमा हुँदा चेल्सी विरुद्ध सिजनको आफ्नो उत्कृष्ट फुटबल खेलेको थियो।”

प्रकाशित : बुधबार, पुष १४, २०७८१६:१५

एम्बाप्पेलाई पीएसजी मै बस्न रोनाल्डिन्होको सुझाव, पीएसजी विश्व कै सर्वश्रेष्ठ क्लब भएको गरे दाबी !