शनि ग्रह लामो समयपछि आफ्नै ग्राहमा विराजमान हुने भएका छन् । शनिले सन २०२२ मा राशि परिवर्तन गर्ने भएका छन् । शनि देवको मकर राशिमा हुने परिवर्तनले केही राशिको पराक्रममा वृद्धि हुने भएको छ । यसको साथै कुल ४ लग्न भएका राशिलाई शनिदेवको प्रभाव सबैभन्दा बढी रहनेछ । नयाँ वर्षमा यी राशि हुने हरूलाई शनिको राशि परिवर्तनले कस्तो असर पर्छ जान्नुहोस्।
वृष राशि
वृष राशि हुने हरुका लागि शनि देवको कृपाले सन २०२२ विशेष हुने भएको छ । शनिदेवको मकर राशिमा प्रवेशले शुभ फल दिनेछ। नयाँ वर्षमा भाग्य वृद्धि हुनेछ । साथै काममा बुवाको साथ, सहयोग मिल्नेछ । पराक्रम, प्रतिष्ठा पनि वृद्धि हुनेछ। राजनीतिमा संलग्न व्यक्तिलाई लाभ मिल्नेछ। पुराना रोगबाट मुक्ति मिल्नेछ ।
मिथुन राशि
मिथुन राशिका लागि शनिदेवको कृपाले मिश्रित लाभ मिल्नेछ । पारिवारिक स्थितिमा तनाव बढ्नेछ । साथै परिवारमा खर्चमा पनि वृद्धि हुनेछ । व्यापार व्यवसायमा तनाव बढ्नेछ । मिहिनेतको राम्रो फल प्राप्त हुने छैन । पेट तथा खुट्टा सम्बन्धी रोगले सताउन सक्छ । सन्तानको स्वास्थ्यमा चिन्ता रहनेछ।
कर्कट राशि
शनि देव सन २०२२ मा सातौँ र आठौँ घरमा कारकको रूपमा प्रवेश गर्नेछ। जसको कारण व्यापार, व्यवसायमा नाफा हुनेछ । साथै नयाँ व्यापार सुरु गर्न शुभ समय रहनेछ । तर मानसिक समस्याले सताउन सक्छ। नयाँ वर्ष आर्थिक लाभको लागि अनुकूल रहनेछ। शनिको राशि परिवर्तनको कारण पितृ दुःखमा पर्न सक्छ । दाम्पत्य जीवन राम्रो रहनेछ। आमाको स्वास्थ्यमा चिन्ता रहनेछ। घर तथा सवारी साधनमा खर्च बढ्नेछ । नयाँ वर्षमा सवारी साधन तथा जग्गा खरिद गर्न सकिनेछ ।