भोलि शुक्र ग्रहको ठूलो उथलपुथल: कुन राशिलाई कति फाइदा ?

सन् २०२१ को अन्तिम गोचरको रूपमा डिसेम्बर ३० तारिख अर्थात् भोलि सुख, सुविधा र समृद्धि प्रदान गर्ने शुक्र ग्रहले आफ्नो राशि परिवर्तन गर्दैछ। ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई सुख, समृद्धि, सौन्दर्य र वैभव दिने ग्रह मानिन्छ। डिसेम्बर ३० मा शुक्र ग्रह प्रतिगामी चरणमा हुँदा बृहस्पति ग्रहको राशि धनु राशिमा प्रवेश गर्नेछ। शुक्रलाई वृष र तुला राशिको स्वामी मानिन्छ भने कन्या राशिमा दुर्बल र मीन राशिमा श्रेष्ठ मानिन्छ। वर्षको अन्तिम शुक्रको गोचर धेरै राशिका लागि शुभ र लाभदायक साबित हुन सक्छ भने केहि राशिलाई अशुभ पनि साबित हुनसक्छ। आउनुहोस् जानौं शुक्र ग्रहको गोचरबाट कुन राशिलाई कस्तो प्रभाव पार्छ भनेर….

मेष राशि 

यो राशिका मानिसहरुका लागि शुक्र परिवर्तन वरदान भन्दा कम हुनेछैन। आर्थिक अवस्था मजबुत हुनेछ। धन संचय बढ्नेछ। मन लागेको कामबाट मनग्गे आम्दानी हुनेछ।

वृष राशि 

स्वास्थ्य राम्रो रहनेछ। नोकरी तथा व्यवसायमा सफलता मिल्दा मन प्रशन्न रहनेछ । मान-सम्मानमा वृद्धि हुनेछ। 

मिथुन राशि 

मिथुन राशि हुनेहरुका लागि वर्षको अन्तिम पारगमन निकै शुभ र लाभदायक रहनेछ। कार्यक्षेत्रमा राम्रो अनुभव प्राप्त हुनेछ। धनसम्पत्ति वृद्धि हुने र सबै प्रकारको सुख प्राप्ति हुने संकेत रहेको छ।

कर्कट राशि 

कामको दबाब तपाईंमा धेरै हुनेछ, जसका कारण तपाईंलाई मानसिक समस्या हुन सक्छ। खर्च बढ्नाले पैसाको दबाब रहनेछ। आर्थिक सङ्कटले तपाईंलाई सताउन सक्छ।

सिंह राशि 

यो राशिका व्यक्तिहरुलाई काममा नयाँ अवसर मिल्नेछ। नयाँ व्यापार सुरु गर्नको लागि समय उत्तम रहनेछ।  

कन्या राशि 

सुख-सुविधामा कमी आउनेछ। जसका कारण मन अशान्त रहन सक्छ। लगानी सम्बन्धी योजनाहरु केहि समयको लागि स्थगित गर्नु राम्रो हुनेछ।

तुला राशि 

वर्षको प्रारम्भमा तुला राशिका व्यक्तिहरूलाई गत वर्षको तुलनामा राम्रो नतिजा मिल्नेछ। सासुरा तर्फबाट केही ठूलो आर्थिक सहयोग मिल्नेछ, जसका कारण तपाईंका धेरै रोकिएका योजनाहरु पूरा हुन सक्नेछन्।

वृश्चिक राशि 

काममा तनाव आउन सक्छ। जसका कारण परिवारमा झगडा हुन सक्छ। सुख-सुविधामा कमी आउने सम्भावामा उच्च रहेको हुँदा मनमा चिन्ता बढ्न सक्छ।

धनु राशि 

यस राशिका व्यक्तिहरूका लागि प्रतिगामी चरणमा शुक्रको गोचर अत्यन्त शुभ र दर्शनीय रहनेछ। करियरमा धेरै प्रगति र लाभ हुन सक्छ। सुविधामा वृद्धि हुनेछ। लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ।

मकर राशि 

मकर राशिका व्यक्तिहरुका लागि धन कमाउने बलियो संकेतहरु छन् । परिवारमा सुख शान्ति छाउनेछ। विशेष योजनामा ​​काम गर्नको लागि यो समय निकै उपयुक्त रहनेछ । 

कुम्भ राशि 

जागिरमा पदोन्नति र व्यापार व्यावसायमा मनग्य लाभ मिल्नेछ। पैतृक सम्पत्तिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ।  

मीन राशि 

सुख-शान्ति र मान सम्मानमा वृद्धि हुने संकेत देखिन्छ। कतैबाट आकस्मिक धन लाभको कारण तपाईंको भाग्य चम्किनेछ। तपाईं लामो समय देखि यो समयको लागि जुन समयको प्रतीक्षा गर्दै हुनुहुन्छ, त्यो समय आउने वाला छ।

प्रकाशित : बुधबार, पुष १४, २०७८१८:१६

अबको एक वर्ष हरेक काममा सफल हुन्छन् यी ४ राशि, सफलताले शिखर नै चुम्नेछ !