ग्रहचक्रमा वर्षको अन्तिम राशि परिवर्तन भोलि, यी ३ राशिका मानिसलाई अत्यन्त अशुभ !

सन् २०२१ को अन्तिम गोचरको रूपमा डिसेम्बर ३० तारिख अर्थात् भोलि सुख, सुविधा र समृद्धि प्रदान गर्ने शुक्र ग्रहले आफ्नो राशि परिवर्तन गर्दैछ। ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई सुख, समृद्धि, सौन्दर्य र वैभव दिने ग्रह मानिन्छ। डिसेम्बर ३० मा शुक्र ग्रह प्रतिगामी चरणमा हुँदा बृहस्पति ग्रहको राशि धनु राशिमा प्रवेश गर्नेछ। शुक्रलाई वृष र तुला राशिको स्वामी मानिन्छ भने कन्या राशिमा दुर्बल र मीन राशिमा श्रेष्ठ मानिन्छ। वर्षको अन्तिम शुक्रको गोचर धेरै राशिका लागि अशुभ साबित हुन सक्छ। आउनुहोस् जानौं शुक्र ग्रहको गोचरबाट कुन राशिलाई नकारात्मक  प्रभाव पार्छ भनेर….

कर्कट राशि 

कामको दबाब तपाईंमा धेरै हुनेछ, जसका कारण तपाईंलाई मानसिक समस्या हुन सक्छ। खर्च बढ्नाले पैसाको दबाब रहनेछ। आर्थिक सङ्कटले तपाईंलाई सताउन सक्छ।

कन्या राशि 

सुख-सुविधामा कमी आउनेछ। जसका कारण मन अशान्त रहन सक्छ। लगानी सम्बन्धी योजनाहरु केहि समयको लागि स्थगित गर्नु राम्रो हुनेछ।

वृश्चिक राशि 

काममा तनाव आउन सक्छ। जसका कारण परिवारमा झगडा हुन सक्छ। सुख-सुविधामा कमी आउने सम्भावामा उच्च रहेको हुँदा मनमा चिन्ता बढ्न सक्छ।

प्रकाशित : बुधबार, पुष १४, २०७८१६:२८

महान ग्रह शुक्रको अन्तिम राशि परिवर्तन: यी राशिको चम्किनेछ भाग्य, कुन-कुन ?