यी ४ राशिका मानिसका लागि निकै भयानक हुनसक्छ सन् २०२२, आइपर्नेछ अनेक सङ्कट !

हामी सबै चाहन्छौं कि नयाँ वर्ष हरेक व्यक्तिको लागि खुशीले भरिएको होस्। तर ज्योतिषशास्त्रका अनुसार यो सम्भव छैन। ग्रह नक्षत्रमा हुने परिवर्तनका कारण धेरै राशिका राशिहरु भाग्यशाली हुने गर्दछन् भने कतिपय राशिका यस्ता हुन्छन् जसलाई भाग्यले साथ दिदैन र उनीहरुले विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ। सन् २०२२ मा केही यस्ता राशिका बारेमा जानौँ, जसलाई भाग्यले साथ दिइरहेको छैन।

मेष राशि 

मेष राशिका मानिसहरुका लागि सन् २०२२ को केही समय शुभ मानिएको छैन। ज्योतिष शास्त्रका अनुसार सन् २०२२ मा मेष राशिका मानिसहरुको प्रेम जीवनमा उतारचढाव आउने सम्भावना रहेको छ। शनि र बुधको संयोगका कारण मार्च महिनाको वरिपरि स्वास्थ्यमा पनि असर पर्न सक्छ र यसका साथसाथै धेरै शारीरिक समस्याको पनि सामना गर्नुपर्ने हुन सक्छ।

मिथुन राशि

मिथुन राशिका मानिसहरुको जीवनमा ठूला समस्याहरु आउनसक्छ। मेष राशिका व्यक्तिहरुका लागि ग्रहको स्थितिले चुनौति ल्याउनेछ। मार्चमा तपाईंको राशिफलको आठौं भावमा शनि अवस्थित हुने भएकाले आर्थिक हानि हुने सम्भावना छ। स्वास्थ्य सम्बन्धि समस्यामा पनि सचेत हुन जरुरी छ।

कर्कट राशि 

सन् २०२२ को सुरुमा कर्कट राशिको सातौं घरमा शनिको प्रभाव रहनेछ। जसका कारण धेरै ठूला र नयाँ चुनौतिहरुको सामना गर्न सकिन्छ। अप्रिल महिनामा ग्रह परिवर्तनका कारण जीवनमा धेरै परिवर्तन आउनेछ। आर्थिक अवस्था वर्षको अन्त्यमा प्रभावित हुनेछ। यो वर्ष तपाईंले सन्तुलन कायम गर्न सिक्नु पर्नेछ, विशेष गरी कर्कट राशिका व्यक्तिहरूले आफ्नो आम्दानी र व्ययको बीचमा सन्तुलन हासिल गर्न प्रयास गर्नुपर्नेछ।

कन्या राशि 

स्वास्थ्यको दृष्टिकोणले कन्या राशिका व्यक्तिहरुका लागि सन् २०२२ शुभ छैन। तपाईको स्वास्थ्यमा गिरावट आउन सक्छ। अप्रिल, जुन र सेप्टेम्बरका महिनाहरू चुनौतीपूर्ण हुन सक्छन्। प्रेम सम्बन्धमा पनि उथलपुथल आउन सक्छ। तपाईं आफ्नो पार्टनरलाई विश्वास गर्न असमर्थ हुनुहुनेछ र आफ्नो सम्बन्ध समाप्त गर्ने विचार गर्नुहुनेछ।

प्रकाशित : बुधबार, पुष १४, २०७८१८:१५

भोलि शुक्र ग्रहको ठूलो उथलपुथल: कुन राशिलाई कति फाइदा ?