विश्वकपका पावरहाउसहरु: यी पाँच देशले विश्वकपमा जितेका छन् सबै भन्दा बढी खेल !

एजेन्सी – फिफा विश्वकप विश्वभरका उत्कृष्ट राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने एक चौधवार्षिक प्रतियोगिता हो। फिफा विश्वकपसँग लगभग १ शताब्दीको इतिहाँस छ। सन् १९३० बाट शुरु भएर अहिले सम्मको अवस्था सम्म आइपुग्दा फिफा विश्वकपमा ८० विभिन्न टोलीहरुले भाग लिएका छन्।

अहिले सम्मका २१ विश्वकप मात्र ८ टोलीले जितेका छन्। त्यसमध्ये ६ टोलीले कयौं पटक विश्वकप जितेका छन्। त्यसमध्ये सबै भन्दा बढी विश्वकप ब्राजिलले जितेको छ। ब्राजिलले अहिले सम्म ५ पटक विश्वकप जितेको छ।

प्रतियोगिताको २०२२को संस्करणका लागि एक वर्ष भन्दा कम समय बाँकी रहेको अवस्थामा आज हामी विश्वकपमा सबै भन्दा बढी जित निकाले टोली बारे चर्चा गर्दै छौ। विश्वकपमा सबै भन्दा बढी खेल जित्ने टोली निम्न छन्।

फ्रान्स

ठ्याक्कै दुईवटा फिफा विश्वकपको उपाधि जित्ने तीन टोलीमध्ये फ्रान्स एक हो। सन् २०१८ मा विश्वकप जितेसँगै फ्रान्सले उरुग्वे र अर्जेन्टिनाको समूहमा सामेल भएको हो। फ्रान्सले सन् १९९८ मा पनि विश्वकप जितेको थियो। सन् १९३० मा विश्वकप डेब्यु गरेको फ्रान्सले १५ पटक सहभागिता जनाएको छ। यसबीचमा फ्रान्सले विश्वकपका ३४ खेलमा जित निकालेको छ।

अर्जेन्टिना

फ्रान्स जस्तै अर्जेन्टिनाले पनि दुई पटक विश्वकप जितेको छ। अर्जेन्टिनाले पछिल्लो पटक १९८६ मा विश्वकप जितेको थियो। अर्जेन्टिना विश्वकपका १७ संस्करणमा सहभागी भएको छ। सन् १९७० मा विश्वकपका लागि छनौट नभएयता अर्जेन्टिना हरेक पटक विश्वकपमा सहभागी हुँदै आएको छ। सन् २१८ को विश्वकपमा अर्जेन्टिनाले ४ खेल खेल्दा मात्र १ खेलमा जित निकालेको थियो। अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिना बाहिरिएको थियो। अर्जेन्टिनाले विश्वकपमा अहिले सम्म ४३ खेलमा जितेको छ।

इटाली

इटाली कम्तिमा चार पटक फिफा विश्वकप जित्ने तीन टोलीमध्ये एक हो। इटालीले पछिल्लो पटक सन् २००६ मा विश्वकप जितेको थियो। इटालीले अहिले सम्म मात्र तीन विश्वकपमा मात्रै सहभागिता जनाएको छैन। यस वर्ष विश्वकप प्लेअफबाट बाहिरिए विश्वकपमा इटाली नभएको यो चौथो पटक हुनेछ। इटालीले विश्वकपमा अहिले सम्म ४५ जित निकालिसकेको छ।

जर्मनी

ब्राजिल पछि यदि कुनै टोलीले बढी विश्वकप जितेको छ भने त्यो जर्मनी हो। जर्मनीले अहिले सम्म ४ पटक विश्वकप जितिसकेको छ। जर्मनी अहिले सम्मका लगभग सम्पूर्ण विश्वकपमा सहभागी भएको छ। जर्मनी २१ मध्ये १९ विश्वकपमा सहभागी भएको छ। जर्मनी विश्वकपमा १ सय भन्दा बढी खेल खेल्ने दुई मध्ये १ देश पनि हो। जर्मनीले अहिले सम्म विश्वकपमा ६७ खेलमा जित निकालेको छ।

ब्राजिल

फिफा विश्वकप इतिहासमा ब्राजिल सबैभन्दा सफल टोली हो। पाँच पटकको विजेता ब्राजिल प्रतियोगिताका सबै २१ संस्करणहरूमा समावेश भएको एक मात्र टोली हो। जर्मनी जस्तै ब्राजिलले पनि विश्वकपमा सय भन्दा बढी खेलहरु खेलेको छ। सन् १९३४ मा बाहेक ब्राजिल कहिले पनि जित विहिन् भएर विश्वकपबाट फर्किनु परेको छैन। ब्राजिलले अहिले सम्म ७३ खेलमा जितेको छ।

प्रकाशित : बिहिबार, पुष १५, २०७८११:२३

रियल र बार्सिलोनाको सपना: एम्बाप्पे-भिनी-बेन्जेमा; हालाण्ड-फाती-टोरेस, फुटबलमा राज गर्ने !