नयाँ वर्ष २०२२ आउन अब केही दिन मात्रै बाँकी छ। यस्तो अवस्थामा सबैको मनमा यो कुरा चलिरहेको छ कि आगामी वर्ष कस्तो होला ? नयाँ वर्ष आफ्ना लागि सुखमय रहोस् भन्ने सबैको चाहना हुन्छ। तर ज्योतिषशास्त्रका अनुसार यो सम्भव छैन। दिनहुँ ग्रह र नक्षत्रको चालमा हुने परिवर्तनका कारण राशिका दिनहरू पनि परिवर्तन हुन्छन्। जान्नुहोस् सन् २०२२ को सबैभन्दा अभागी राशिहरु।
मेष राशि
मेष राशिका लागि २०२२ शुभ मानिने छैन। यस राशिका व्यक्तिले प्रेम जीवनमा उतारचढाव देख्न सक्छ। मार्चसम्ममा शनि र बुधको संयोगले स्वास्थ्य बिग्रन सक्छ। वैशाखदेखि भदौसम्म मंगल गोचरको प्रभावले शारीरिक समस्या आउन सक्छ।
मिथुन राशि
मिथुन राशिका व्यक्तिको जीवनमा ग्रहको स्थितिले चुनौति ल्याउनुका साथै राम्रो अवसर मिल्नेछ। चैत महिनासम्म शनि आठौं भावमा रहेको कारणले आर्थिक नोक्सान हुन सक्छ। यस समयमा स्वास्थ्यमा समस्या आउन सक्छ।
कर्कट राशि
कर्कट राशिको सप्तम भावमा विराजमान भएको शनिको प्रभावले वर्षको सुरुमा नयाँ चुनौतीको सामना गर्नुपर्नेछ । मंगल पारगमनले आत्मविश्वास बढ्नेछ। अप्रिल महिनामा ग्रह परिवर्तनका कारण जीवनमा धेरै परिवर्तन आउनेछ । आर्थिक अवस्था वर्षको अन्त्यमा प्रभावित हुनेछ।
कन्या राशि
२०२२ मा तपाईंको स्वास्थ्यमा गिरावट आउन सक्छ। अप्रिल, जुन र सेप्टेम्बरका महिनाहरू चुनौतीपूर्ण हुन सक्छन्। मंगल ग्रह २६ फेब्रुअरीमा मकर राशिमा प्रवेश गर्नेछ। यसले तपाईंको जीवनमा धेरै परिवर्तन ल्याउन सक्छ।
धनु राशि
धनु राशिका व्यक्तिहरुलाई वर्षको शुरुमा मानसिक तनाव हुन सक्छ। पारिवारिक जीवनमा मतभेद आउन सक्छ। जीवनसाथीसँग मनमुटाव हुन सक्छ। आफ्नो बोली नियन्त्रण गर्नुहोस्।

