बार्सिलोनाले आफ्नो आक्रमण पङ्क्तिलाई बलियो बनाउन र म्यानचेस्टर सिटीका पूर्व फरवार्डसँग अन्सु फाती र बोरुसिया डर्टमण्डका स्टार एर्लिङ हालान्डको शक्तिशाली ट्रियो बनाउनका लागि फेरान टोरेसलाई अनुबन्ध गरेको छ।
केलियन एमबाप्पेको अर्को समरमा रियल म्याड्रिडमा सम्भावित आगमनको साथ, लस ब्लान्कोसले फ्रान्सेली स्टार, भिनिसियस जुनियर र करिम बेन्जेमाको साथमा विश्व फुटबलकै सबैभन्दा घातक ट्रियो तयार गर्ने अपेक्षा गरिएको छ। यो९ कुरा त हरेक फुटबल फ्यानलाई थाहा नै छ कि पूर्व साल्सबर्ग स्टार एर्लिंग हालाण्ड बार्सिलोना अध्यक्ष जोन लापोर्टाको नम्बर १ टार्गेट रहेका छन्।
अप्रिलमा लापोर्टाले मिनो राइओला र खेलाडीका बुबासँग बार्सिलोनामा भेटेका थिए र केही दिनअघि ब्लुग्रानाका अध्यक्षले इटालीमा हालाण्डका एजेन्टसँग लन्च गरेका थिए। लापोर्टाको मुख्य लक्ष्य भनेको विश्व फुटबलका तीन उत्कृष्ट युवा फर्वार्डहरू क्लबमा ल्याउने र युरोपको सबैभन्दा रोमाञ्चक युवा ट्रियो मध्ये एक तयार बनाउनु हो।
एम्बाप्पे-भिनीसियस-बेन्जेमा भर्सेस हालाण्ड-फाती-टोरेस
गत दशक रियल म्याड्रिड र बार्सिलोना बीचको प्रतिद्वन्द एक चरम-सीमामा पुगेको थियो। जसमा एक रोमाञ्चक चीज रहेको थियो क्लबको आक्रमण पङ्क्ति। विश्व फुटबल इतिहास मै सर्वश्रेष्ठ मध्येमा गनिने मेस्सी-सुआरेज-नेयमार र बेल-बेन्जेमा-रोनाल्डोको ट्रियोले थुप्रै समयका लागि फुटबल जगतका राज गरेका थिए।
रियल म्याड्रिड र बार्सिलोनाको अहिलेको मुख्य लक्ष्य भनेको विश्व फुटबलमा सबैभन्दा उत्कृष्ट ट्रियो निर्माण गरेर फुटबल जगतमा ब्यांगका साथ उदय हुने तयारीमा रहेका छन्। के रियलमा एम्बाप्पे र बार्सिलोनामा हालाण्ड अनुबन्ध होलान् त ?

