कुन सुपरस्टारका लागि २०२१ अविस्मरणीय रह्यो – मेस्सी कि रोनाल्डो?
२०२१ त्यो वर्ष थियो जब लियोनेल मेस्सीले अन्ततः बार्सिलोनासँग आफ्नो सम्बन्ध समाप्त गर्दै नि:शुल्क स्थानान्तरणमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगे। यसैबीच, क्रिस्टियानो रोनाल्डोले पनि यस वर्ष क्लब परिवर्तन गर्दै तीन सिजन पछि युभेन्टस छाड्दै १२ वर्षको अन्तरालपछि म्याचेस्टर युनाइटेडमा फर्किए।
लियोनल मेस्सीका लागि यो वर्ष मिश्रित अनुभव रह्यो। बार्सिलोनाको साथमा उनले मात्र कोपा डेल रे उपाधि जितेर मध्यम सफलता पाएका थिए। तर अर्जेन्टिनी राष्ट्रिय टोलीको साथमा भने उनको ठूलो सपना पूरा भयो जब उनको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जित्न सफल भयो। अगस्टमा, मेस्सी पीएसजी गए जहाँ उनले अहिलेसम्म १६ खेलमा ६ गोल गरेका छन्। उनले फ्रेन्च क्लबका लागि गरेका ६ गोलमध्ये ५ च्याम्पियन्स लिगमा र एक मात्र लिग १ मा आएको छ।
रोनाल्डोको वर्ष पनि घटनापूर्ण रह्यो। उनले युभेन्टससँग इटालीमा दुई कप प्रतियोगिता जिते तर लिग जित्न सकेनन्। युरो २०२० मा पोर्चुगल बेल्जियमसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको थियो। सेप्टेम्बर २०२१ मा, ३६ वर्षीया स्टार आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइटेडमा सामेल हुन इङ्गल्याण्ड फर्किए। व्यक्तिगत रूपमा, रोनाल्डो सेप्टेम्बरमा अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका जब उनले अली डेईको १०९ गोलको रेकर्ड तोडे।
यहाँ, हामी २०२१ मा रोनाल्डो र मेस्सीले कस्तो प्रदर्शन गरे भनेर हेर्दै र्छौं।
राष्ट्रिय टोली
Player | Matches | Goals | Assists | Trophies |
---|---|---|---|---|
Lionel Messi | 16 | 9 | 5 | Copa America |
Cristiano Ronaldo | 14 | 13 | 1 | – |
क्लब फुटबल
क्रिस्टियानो रोनाल्डो
Club | Matches | Goals | Assists | Trophies |
---|---|---|---|---|
Juventus | 31 | 20 | 3 | Copa Italia, Supercoppa Italiana |
Manchester United | 19 | 13 | 2 | – |
Total | 50 | 33 | 5 | 2 |
लियोनल मेस्सी
Club | Matches | Goals | Assists | Trophies |
---|---|---|---|---|
FC Barcelona | 29 | 28 | 8 | Copa del Rey |
PSG | 16 | 6 | 5 | – |
Total | 45 | 34 | 13 | 1 |