किलियन एमबाप्पेले लिभरपुल स्टार मोहम्मद सलाहलाई ‘विश्वका उत्कृष्ट खेलाडीमध्ये एक’ भन्दै आफू इजिप्ट स्टार फरवार्डको ठूलो प्रशंसक भएको स्वीकार गरेका छन्।
पछिल्ला केहि वर्षमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका एम्बाप्पेले आफूलाई पीएसजीमा विश्व कै उत्कृष्ट युवा खेलाडी मध्ये एकको रूपमा स्थापित गरेका छ। यद्यपि रियल म्याड्रिडले लामो समय देखि आँखा लगाएको एम्बाप्पेले फ्रेन्च क्लबसँग आफ्नो सिजनको अन्तिममा समाप्त हुने सम्झौता थप गरेका छैनन्।
सालाहले पनि फ्रान्सेली फरवार्डको जस्तै समान आधारमा आफ्नो क्षमता प्रमाणित गरेका छन् र धेरैले वर्तमान लयका आधारमा पूर्व रोमा स्टारलाई विश्व फुटबलको उत्कृष्ट खेलाडीको रूपमा मान्छन्। आफ्नो रोमाञ्चक प्रदर्शनको बावजुद, इजिप्टका विङ्गरले व्यक्तिगत अवार्डहरू दाबी गर्न पाएका छैनन् र यस वर्षको बालोन डी’ओर स्ट्यान्डिङमा निराशाजनक सातौं स्थानमा रहेका थिए।
हालै सम्पन्न ग्लोब सकर अवार्डमा २९ वर्षीय खेलाडी पनि पुरस्कारको लागि दाबेदार थिए, तर एमबाप्पे २०२१ वर्षको पुरुष खेलाडी घोषित भए। करिम बेन्जेमा, रोबर्ट लेवान्डोस्की, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो अन्य चार मनोनयनमा परेका थिए। सलाहले एमबाप्पेसँग हारेको हुन सक्छ, तर अवार्ड समारोहमा बोल्दा २३ वर्षीय फरवार्डले लिभरपुल स्टारको प्रशंसा गरेका थिए।
एमबाप्पेले भने, ‘मोहम्मद सलाहको बारेमा कुरा गर्ने हो भने उनी विश्वका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। उनले हरेक खेलमा फरक पार्ने क्षमता राख्छन् र मलाई उनले खेलेको हेर्न मन पर्छ। उनी उत्कृष्ट खेलाडी हुन्।”
सलाहले यस वर्षको बालोन डी’ओर भोटिङमा एमबाप्पेभन्दा दुई स्थान माथि समप्त गरेका थिए, जसले २०१८ को विश्वकप विजेताभन्दा ६३ बढी भोटिङ अंक प्राप्त गरेका थिए।