स्पेनिस टोलीमा बार्सिलोनाको वर्चस्व पुन: सुरु, प्रशिक्षकको चौतर्फी आलोचना हुँदै !

म्यानचेस्टर सिटीबाट फेरान टोरेसको स्थानान्तरण पछि अब स्पेनिस राष्ट्रिय टोलीबाट खेल्ने अघिकांश खेलाडी बार्सिलोनाबाट खेल्ने खेलाडीहरु हुने देखिएको छ। ला रोजामा ब्लाउग्रानाको योगदान विगत केही दशकहरूमा अत्यावश्यक रहेको छ।

स्पेनले २०१० विश्वकप फाइनल खेलमा बार्सिलोनाका ७ खेलाडीलाई मैदानमा उतारेको थियो भने सन् २०१२ को युरो कपको फाइनल खेलमा पनि बार्सिलोनाका ७ खेलाडी स्पेनको सुरुवाती ११ मा रहेका थिए। तर २०१८ र २०१९ बीचको समयमा भने स्पेनिस टोलीमा बार्सिलोनाको वर्चस्व निकै घटेको थियो।

वास्तवमा, लुइस एनरिकको नेतृत्वमा वेल्स विरुद्धको खेलमा स्पेनका लागि सुरुआत ११ टोलीका एक पनि बार्सिलोनाका खेलाडी थिएनन्। बार्सिलोनाका पूर्व प्रशिक्षक अझै पनि राष्ट्रिय टोलीको जिम्मेवारीमा छन् र पेड्रि वा ग्याभि जस्ता केही ब्लाउग्राना युवाहरूमा आफ्नो विश्वास राखेकोमा उनको लामो समयदेखि आलोचना हुँदै आएको छ।

बार्सिलोनाको नयाँ अनुबन्ध फेरान टोरेस पनि स्पेनिस राष्ट्रिय टोलीका नियमित सदस्य हुन्। उनले स्पेनिस राष्ट्रिय टोलीका लागि २२ खेलमा १२ गोल गरिसकेका छन्। उनी हालको स्पेन सेटअपमा बार्सिलोनाका आठ खेलाडीहरू मध्ये एक हुन्। त्यस्तै, पछिल्लो समय बार्सिलोनाका लागि निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका निको गोन्जालेज अर्का खेलाडी हुन् जसलाई एनरिकले छिटै राष्ट्रिय टोलीका लागि बोलाउन सक्छन्।

लुचोको रोटेशनमा फिचर गरिरहेका अन्य बार्सिलोना खेलाडीहरुमा जोर्डी अल्बा, सर्जी रोबर्टो, एरिक गार्सिया, सर्जियो बुस्केट्स, पेड्रि, ग्याभि र अन्सु फाती हुन्। यी बार्सिलोना खेलाडीहरुले लगातार स्पेनिस टोलीको प्रतिनिधित्व गर्दै आएका छन्।

प्रकाशित : बिहिबार, पुष १५, २०७८१७:५१

कप्तान परिवर्तन हुँदैन, सन्दीप नै कप्तान हुन्: प्रशिक्षक दसानायके