नयाँ वर्षको सुरुवातसँगै ग्रहको स्थितिमा ठूलो परिवर्तन हुने भएको छ । ज्योतिषशास्त्रका अनुसार ग्रहहरूको अधिपति तथा भूमि निर्माण, साहस, दाम्पत्य जीवनको कारक मंगल ग्रहले जनावरी १६ मा राशि परिवर्तन गर्न लागेको छ । मंगल ग्रह धनु राशिमा प्रवेश गरेलगत्तै केहि व्यक्तिको भाग्य चम्किन्छ। यी व्यक्तिहरूले धेरै धन र धेरै सफलता प्राप्त गर्नेछन्। जानौं यी राशिको बारेमा….
मेष राशि

मेष राशिका व्यक्तिहरुका लागि मंगल ग्रहको गोचर निकै लाभदायक साबित हुनेछ । यी मानिसहरूले पद, धन, प्रतिष्ठा, सबै चीज प्राप्त गर्नेछन्। करियरमा ठूलो सफलता मिल्नेछ । समग्रमा यो समय राम्रो रहनेछ।
मिथुन राशि

मंगल ग्रह धनु राशिमा प्रवेश गर्ने वित्तिकै मिथुन राशिका मानिसहरुमा धनको वर्षा हुन थाल्छ । जागिर होस् या व्यापार, दुबैबाट ठुलो फाइदा मिल्नेछ । नयाँ कामको थालनी गर्ने समय पनि राम्रो छ । केही शुभ समाचार प्राप्त हुनेछ।
सिंह राशि

यो परिवर्तनले सिंह राशिका मानिसहरूलाई पनि फाइदा हुनेछ। प्रगतिका लागि प्रशस्त अवसरहरू आउनेछन् र त्यसको पूरा फाइदा उठाउन सकिनेछ। हरेक काममा सफलता मिल्नेछ ।
कन्या राशि

कन्या राशिका व्यक्तिहरूले जनावरी १६ पछि ठूलो आर्थिक लाभ प्राप्त गर्नेछन्, जसले उनीहरूको आर्थिक स्थितिलाई ठूलो बल दिनेछ। यसबाहेक यो समय दाम्पत्य जीवनको लागि पनि निकै शुभ साबित हुने देखिन्छ। जे गरेपनि सफलता मिल्नेछ ।
मीन राशि

मीन राशिका मानिसहरूलाई मंगल ग्रहको पारगमनले तपाईंको करियरमा ठूलो सफलता दिनेछ, जुन तपाईंले लामो समयदेखि प्रतिक्षा गरिरहनुभएको थियो। राम्रो कामको प्रस्ताव आउनेछ। यो समयले तपाईंको प्रगतिको बाटोमा आउने हरेक बाधालाई हटाउनेछ भन्न सकिन्छ।

