घरमा बारम्बार हुने झगडाले घरको सुख र माया मात्र समाप्त हुँदैन, आशिष् पनि समाप्त हुन्छ। यस्तो हुँदा घरका मानिसहरू पैसाको अभावको सिकार हुन्छन्। वास्तुशास्त्रका अनुसार यस्तो अवस्थाको पछाडि घरको वास्तु दोष र शनि दोष पनि जिम्मेवार हुन्छन्। घरमा सुख-शान्तिका साथसाथै समृद्धि पनि रहनका लागि यस्ता घरेलु समस्याहरू हटाउन केही उपाय अपनाउनु राम्रो हुन्छ।
नगर्नुहोस् यस्ता गल्ती
वास्तुशास्त्र अनुसार घरमा यस्तो व्यवस्था हुनुपर्छ कि हरेक कुनामा प्रकाश पुगोस्। यसका लागि पूरै घरमा बल्ब लगाउनुहोस्, तर गल्तिले पनि बिग्रेको बल्बलाई ठाउँ नदिनुहोस्। बिग्रेको बल्ब वा खराब विद्युतीय उपकरणले घरमा झगडा र तनाव बढाउँछ। यस बाहेक घरको मन्दिर वा कुनै पनि कोठामा देवी-देवताको मुर्ति र फोटो आमनेसामने हुने गरी नराख्नुहोस्। यो एउटा गल्ती नै काफी छ कुनै पनि सम्बन्ध टुटाउनको लागि। यसले घरमा झगडा मात्रै होइन गरिबीले पनि तपाईंको ढोका ढकढकाउँछ।
गर्नुहोस् यस्ता उपाय
घरमा हुने झगडाबाट मुक्ति पाउन हनुमानजीको अगाडि पञ्चमुखी दियो बाल्नुहोस् । यसले घरमा सकारात्मकता ल्याउनुका साथै सुख शान्ति ल्याउँछ।
झगडाका कारण धेरै तनाव महसुस भएमा नुहाउने पानीमा एक चुटकी केसर मिसाएर नुहाउनुस् । साथै पूजापछि केसरको तिलक लगाउनुहोस्, यसो गर्दा आराम मिल्छ।
घरका मानिसहरूले दिनहुँ केसरको दूध पिउनाले घरमा सुख पनि आउँछ।