हालाण्डको नयाँ संकेतले युरोप भर तरंग, सबै ठूला क्लब हाइअलर्टमा !

एजेन्सी – बोरुसिया डर्टमण्डका नर्वेली युवा स्ट्राइकर एर्लिङ हालाण्डले आउने ६ महिना करियरकै उत्कृष्ट फुटबल खेल्ने प्रण गरेका छन्। बिहिबार सामाजिक संजाल इन्स्टाग्राममा एक स्टोरी राख्दै हालाण्डले आउने ६ महिना उत्कृष्ट गर्ने प्रण गरेका हुन्।

इन्स्टाग्राममा स्टोरी राख्दै आउने ६ महिना आफ्नो लागि धेरै नै उत्कृष्ट रहने बताएका छन्। हालाण्डले दुई तस्विरलाई एक बनाएर त्यसमा स्टोरीमा लेखेका छन्,”मेरो अर्को छ महिना मेरो उत्कृष्ट छ महिना हुनेछ।”

हालाण्डले राखेको उक्त स्टोरीमा उनी टनेलबाट स्टेडियममा प्रवेश गरिएको देखिएको छ। हालाण्डले सो स्टोरीबाट के भन्न चाहेको हो भन्ने कुरा स्पष्ट देखिएपछि त्यसले विभिन्न प्रश्नहरु उब्जाईदिएको छ। हालाण्डको उक्त स्टोरीसँगै विभिन्न टिका-टिप्पणी समेत शुरु भएको छ।

डर्टमण्ड छाड्ने संकेत

जर्मन मिडिया बिल्डका अनुसार डर्टमण्डले हालाण्डलाई क्लब छाड्ने-नछाड्ने सम्बन्धमा सक्दो छिटो निर्णय गर्न आग्रह गरेको छ। क्लबले सो बारे निर्णय गर्नको लागि मात्र केहि महिनाको समय दिएको बताइन्छ। बिल्डले गरेको दावी अनुसार क्लब छाड्ने-नछाड्ने सम्बन्धमा निर्णय गर्न हालाण्डसँग फेब्रुअरी सम्मको मात्र समय छ।

हालाण्डले इन्स्टाग्राममा राखेको स्टोरीलाई डर्टमण्ड छाड्ने संकेतको रुप हेर्न सकिन्छ। एजेन्ट राइओलाले समेत हालाण्ड जनवरी ट्रान्सफर विन्डोमा अन्यत्र जान सक्ने संकेत गर्दै आएका छन्। यस्तोमा हालाण्डको नयाँ स्टोरीले फुटबलवृत्तमा तरंग नै पैदा गरेको छ।

हालाण्डलाई भित्र्याउन युरोपका ठूला भन्दा ठूला क्लब तयारी गरिरहेका छन्। हालाण्डलाई बार्सिलोना, रियल म्याड्रिड, लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन(पिएसजी) जस्ता क्लबहरुले भित्र्याउने चाहना राखेको बताइन्छ।

प्रकाशित : बिहिबार, पुष १५, २०७८१९:०२

डिपेलाई लखेट्ने बार्सिलोनाको तयारी, उनको ठाउँमा मोराटालाई ल्याइने !