हप्ताको अन्तिम दिन ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो ?

लगातार ३ दिन ओरालो लागेपछि सुनको भाउ शुक्रबार भने ह्वात्तै बढेको छ। हप्ताको अन्तिम दिन सुनको भाउमा ६ सय रुपैयाँको वृद्धि  आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य बिहिबारको तुलनामा ६ सयले बढेको छ। जससँगै आज नेपाली बजारमा छापवाला सुनको भाउ प्रतितोला ९२ हजार ७ सय कायम भएको छ। बिहिबार भने छापावाला सुन तोलाको ९२ हजार १ सयमा विक्री भएको थियो।

त्यस्तै, शुक्रबार तेजाबी सुनको भाउ पनि ६ सय रुपैयाँले नै बढेको छ। बुधबारको तुलनामा बिहिबार ४ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ६ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ६ सयले घटेर तोलाको ९२ हजार २ सयमा किनबेच भइरहेको छ।

यस्तो रह्यो यो हप्ताभारी सुनको मूल्य

बार छापावाला सुन (प्रतितोला) तेजाबी सुन (प्रतितोला)
आइतबार ९३१०० ९२६००
सोमबार ९३२००  ९२७००
मंगलबार ९३०००  ९२५००
बुधबार ९२५०० ९२०००
बिहिबार ९२१००  ९१६००
शुक्रबार ९२७००  ९२२००

चाँदीको भाउ पनि बढ्यो

शुक्रबार चाँदीको भाउ पनि बढेको छ। बिहिबार १२ सय ४५ मा किनबेच भएको चाँदी शुक्रबार १५ रुपैयाँले बढेर १२ सय ६० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : शुक्रबार, पुष १६, २०७८१०:४८

नेप्सेमा उछाल: बजार हरियाली हुँदा यी कम्पनीको भाग्य चम्कियो !