रोनाल्डोलाई पछ्याउँदै मेस्सी, रोनाल्डो अगाडी-अगाडी मेस्सी रोनाल्डोको पछाडी-पछाडी !

पीएसजीका दिग्गज लियोनल मेस्सीले आगामी वर्ष २०२२ मा अर्को कीर्तिमान बनाउने बाटोमा छन्। यदि मेस्सी यसमा सफल भएमा यो उपलब्धि हासिल गर्ने दुई खेलाडीको रूपमा उनी आफ्ना महान् प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोसँग जोडिनेछन्।

अर्जेन्टिनी स्टारले युइएफए च्याम्पियन्स लिगमा ३६ असिस्ट गरेका छन्, ४० असिस्ट पुग्न अब उनी ४ असिस्ट मात्र टाढा रहेका छन्। ४० असिस्टको तथ्यांक प्रतियोगिताको इतिहासमा रोनाल्डोले मात्र पूरा गरेको कुरा हो। प्रतियोगिताको इतिहास मै सबैभन्दा बढी गोल गर्ने रोनाल्डो असिस्ट प्रदानकको सुचीमा पनि एक नम्बरमा रहेका छन्। उनी प्रतियोगितामा ४० वा सोभन्दा बढी असिस्ट प्रदान गर्ने एक मात्र खेलाडी हुन्।

धेरै प्रतिभाशाली प्ले-मेकरहरुले युरोपको प्रिमियर क्लब प्रतियोगितामा भाग लिएका कारण यो रोनाल्डोका लागि उल्लेखनीय उपलब्धि हो। तर रोनाल्डोले चाडै यो रेकर्ड गुमाउन पनि सक्छन् किनकि मेस्सी उनको निकै नजिक आइपुगेका छन् र पछिल्लो समय मेस्सीको असिस्ट रेकर्ड रोनाल्डोको भन्दा निकै उत्कृष्ट रहेको छ।

पीएसजीले अन्तिम १६ मा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ। रियल म्याड्रिड विरुद्ध मेस्सीको रेकर्ड निकै उत्कृष्ट रहेको छ। मेस्सीले निकै रोमाञ्चक हुने १८० मिनेटमा थप गोल वा असिस्ट ब्याग गर्ने आशा गरिएको छ। त्यस्तै, रोनाल्डोको असिस्ट माथि हमला गर्ने खेलाडीमा मेस्सी कै टिममेट एंगल डी मारिया पनि रहेका छन् जसको नाममा ३५ असिस्ट रहेको छ।

पूर्व रियल म्याड्रिड स्टारले २०१५ मा पीएसजीसँग आबद्ध भएदेखि २१ असिस्ट प्रदान गरेका छन्, जबकि रियल म्याड्रिडबाट १३ र बेन्फिकामा एक असिस्ट प्रदान गरेका छन्। पीएसजीले १५ फेब्रुअरी २०२२ मा घरेलु मैदानमा रियल म्याड्रिडसँग च्याम्पियन्स लिगको पहिलो लेग खेल्नेछ। रिटर्न लेग सन् २०२२ मार्च ९ मा सान्टियागो बर्नाबेउमा हुनेछ।

प्रकाशित : शुक्रबार, पुष १६, २०७८१५:२५

लापोर्टाको मास्टर-प्लान: मेस्सीलाई लात हाने, हालाण्डलाई काख दिने !