काठमाडौँ : सन् २०२२ मा मकर राशिका मानिसहरूको जीवनमा धेरै परिवर्तन आउने सम्भावना छ। कार्यस्थलमा कडा परिश्रम गरे पनि राम्रो नतिजा प्राप्त हुनेछैन। यसका साथै नयाँ व्यापार-व्यवसाय वा नयाँ कामको लागि सोचेर निर्णय लिनुपर्नेछ। यसबाहेक कानुनी काममा समस्या आउनेछ। मकर राशिका लागि नयाँ वर्ष कस्तो रहला, जान्नुहोस् ।
नयाँ वर्षमा कडा परिश्रमबाट भाग्य चम्किनेछ। सुरक्षित लगानीका लागि नयाँ वर्ष शुभ साबित हुनेछ। तर, जागिरमा स्थान परिवर्तनको सम्भावना छ। काम परिवर्तनले जीवनमा परिवर्तन ल्याउनेछ। जुन काम पूरा गर्ने संकल्प गर्नुहुन्छ, त्यसलाई सफलतापूर्वक पूरा गर्न सक्नुहुन्छ। यसका साथै रोजगारीमा बढुवाको अवसर मिल्नेछ।
नयाँ वर्षमा स्वास्थ्यमा केही गडबडी आउन सक्छ। नशालु पदार्थहरुबाट टाढै रहनुहोला, अन्यथा स्वास्थ्यमा अनेक खाले समस्या आउनेछ। यसको साथै खानपानमा पनि केही बदलाव ल्याउनुपर्नेछ। वर्षको बीचतिर डाक्टरसँग परामर्श लिनुपर्ने हुन सक्छ। आँखाको समस्याले सताउन सक्छ।
सन् २०२२ प्रतिवद्धता पूरा गर्ने वर्ष साबित हुनेछ। तपाई आफ्नो प्रेमी/प्रेमिकासँग प्रेमिल तरिकाले जोडिन सक्नुहुन्छ। यस बाहेक पार्टनरबाट धेरै सहयोग पाउनुहुनेछ। तर, विवाहितहरूले नयाँ वर्षमा धेरै सावधानी अपनाउनुपर्नेछ । जीवनसाथीसँग चलिरहेको पुरानो मनमुटाव हट्नेछ। नवविवाहित जोडीबीच आपसी विश्वास कायम रहनेछ।
सन् २०२२ को प्रारम्भमा केतु ग्रह कुण्डलीको ११ औँ घरमा स्थिर रहनेछ। जस कारण अचानक धन लाभ हुनेछ। काममा चिन्ता बढ्न सक्छ। किनकी शनि कुण्डलीको पहिलो भावमा गोचर हुनेछ। सन् २०२२ मा शनिबारको दिन शनिदेवलाई तोरीको तेल चढाउनुहोला। यसले शनिदेवको कृपा तपाईमाथि कायम रहनेछ।
यो वर्ष विशेष गरी आर्थिक मामिलामा बुद्धिमानीपूर्वक काम गर्नुपर्छ। शेयर बजारमा लगानी गर्दा नाफा मिल्छ। यस बाहेक केही नयाँ सम्पति हातमा पर्न सक्छ। समग्रमा नयाँ वर्ष आर्थिक मामिलामा निकै शुभ रहनेछ।