अन्ततः युनाइटेडमा सन्तुष्ट नरहेको रोनाल्डोले स्विकारे !

एजेन्सी – पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा आफू असन्तुष्ट रहेको स्वघोषणा गरेका छन्। नयाँ वर्षको उपलक्ष्यमा एक सन्देश जारी गर्नेक्रममा युनाइटेडमा आफू सन्तुष्ट नरहेको बताएका हुन्।

रोनाल्डोले युनाइटेडको पछिल्लो अवस्थाबाट आफूहरु कोहि पनि सन्तुष्ट हुन नसकिरहेले स्पष्ट रुपमा उल्लेख गरेका छन्। हालको अवस्थाबाट छुटकारा पाउनको लागि सबैले मिहिनेत गर्नुपर्ने रोनाल्डोको भनाई छ।

“म्यानचेस्टर युनाइटेडमा हामी जे हाँसिल गरिरहेका छौँ त्यसमा हामी सन्तुष्ट छैनौँ। यसमा हामी कोहि पनि खुशी छैनौँ, यसमा स्पष्ट छु। अहिलेको भन्दा राम्रो गर्नको लागि हामीहरुले कडा मेहनत गर्नुपर्छ, राम्रो खेल्नुपर्छ”,रोनाल्डोले सामाजिक संजालमा लेखेका छन्।

साथै रोनाल्डोले सन् २०२२ मा उच्च मनोबल र बलियो मानसिकताका साथ अँगाल्ने पनि बताएका छन्। क्लबको स्थान जहाँ हो त्यहाँ राख्नको लागि सबैले आफूलाई प्रेरित गर्नुपर्ने रोनाल्डोको भनाई छ।

रोनाल्डोले भनेका छन्,”उच्च मनोबल र बलियो मानसिकताका साथ २०२२ लाई अँगालौं। क्लबलाई जहाँ हुनुपर्ने हो त्यहाँ पुर्याउन सबै मिलेर अगाडी बढौं। नयाँ वर्षको शुभकामना !”

सन् २०२२ मा उच्च मनोबलका साथ अगाडी बढ्ने प्रण गरिरहँदा रोनाल्डोले ओल्ड ट्राफोर्ड फोर्ता हुँदाको क्षण आफ्नो करियरमा प्रतिष्ठित क्षणहरुमा पर्ने उल्लेख गर्न पनि छुटाएका छैनन्।

“निस्सन्देह, ओल्ड ट्राफोर्डमा मेरो फिर्ती सधैं मेरो करियरको सबैभन्दा प्रतिष्ठित क्षणहरू मध्ये एक हुनेछ।”,रोनाल्डोले लेखेका छन्।

प्रकाशित : शनिबार, पुष १७, २०७८२०:३४

चेल्सी विरुद्धको खेल अगाडी लिभरपुललाई झड्का !