रोकिएन सिटी, आर्सनललाई पछार्दै लगातार एघारौँ जित निकाल्यो !

एजेन्सी – म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लगातार एघारौँ जित दर्ता गरेको छ। शनिबार आर्सनललाई पराजित गरेसंग सिटीले प्रिमियर लिगमा लगातार एघारौं जित दर्ता गरेको हो।

शनिबार राति आर्सनलको घरेलु मैदानमा भएको खेलमा सिटी विजयी निस्कियो। १० खेलाडीमा सिमित हुन पुगेको आर्सनल विरुद्ध सिटीले दुई गोल गर्दा आर्सनलले एक मात्र गोल गर्न सक्यो। आर्सनलले खेलको ३१ औं मिनेटमा अग्रता लिएपनि खेलको अन्तिम समयमा गोल बेहोर्दा सिटी विजयी भएको।

खेलको ३१ औं मिनेटमा आर्सनलका बुकायो साकाले गोल गर्दै अग्रता दिलाएका थिए। केइरन टियर्नीले पास दिएको बललाई साकले गोल पोस्टको बाटो देखाएका थिए। पहिलो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन्।

खेलको ५७ औं मिनेटमा सिटीले पेनाल्टी पायो। रियाद महारेजले पेनाल्टीको मौकालाई खेर जान दिएनन्। पेनाल्टी गोल पछि खेल १-१ को बराबरीमा पुग्यो। त्यसपछि सिटीको तर्फबाट केहि प्रहार भएपनि गोल भने हुन सकेनन्। खेलको ५९ औं मिनेटमा गेब्रियल मार्टिनेली दोस्रो पहेंलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिए।

१० खेलाडीमा सिमित भएको आर्सनलले डिफेन्सलाई मजबुत बनाउने प्रयास गरेपनि सफल भने हुन सकेन। ९० मिनेट सकिएपछि थप गरिएको तेस्रो मिनेटमा रोड्रिले गोल गर्दा आर्सनल पराजित भयो।

शनिबारको जितसँगै सिटीले प्रिमियर लिगमा ११ अंकको अग्रता बनाएको छ। सिटीले जारी सिजनमा मात्र दुई खेलमा हार बेहोरेको छ भने मात्र २ खेलमा बराबरी खेलेको छ। बाँकी १७ खेलमा सिटीले जित निकालेको छ।

सिटी पछिल्लो पटक गत अक्टोबर महिनाको अन्त्यमा पराजित भएको थियो। क्रिस्टल प्यालेस विरुद्धको खेलमा पराजित भएयता सिटी प्रिमियर लिगका कुनै पनि खेलमा हारेको छैन, न त बराबरी नै खेलेको छ। सिटीले ५३ अंक बनाएको छ।

त्यस्तै आर्सनल अहिले लिगको चौंथो स्थानमा छ। आर्सनलले २० खेल खेल्दा ३५ अंक बनाएको छ। आर्सनलले अहिले सम्म ११ खेल जितेको छ भने ७ खेलमा हार बेहोरेको छ भने २ खेलमा बराबरी खेलेको छ।

प्रकाशित : शनिबार, पुष १७, २०७८२२:०४

जाभीको प्राथमिकतामा डेम्बेले, सम्झौता थप हुने विश्वास !