रोनाल्डोलाई आयो युरोपा लिग खेल्ने निम्तो, के होला रोनाल्डोको प्रतिक्रिया !

क्रिस्टियानो रोनाल्डोलाई म्यानचेस्टर युनाइटेड छाड्ने भए प्रिमियर लिग प्रतिद्वन्दी प्राय: युरोपा लिग खेल्ने टोली वुल्भ्सबाट स्थानान्तरणको प्रस्ताव गरिएको छ। चौंथो स्थानमा रहेको आर्सनलसँग दूरी घटाउने दाउमा रहेको युनाइटेडले सोमबार साँझ ओल्ड ट्राफोर्डमा वुल्भ्सलाई स्वागत गर्दैछ।

युनाइटेडमा फर्किएदेखि रोनाल्डोले २० खेलमा १४ गोल गरिसकेका छन् तर पूर्व रियल म्याड्रिड स्टारको वास्तवमा टोलीमा नकारात्मक प्रभाव पारेको होकी भन्ने धेरैले प्रश्न उठाउन सुरु गरेका छन्। यो यस्तो कुरा हो जुन वुल्भ्सका प्रशिक्षक ब्रुनो लागेलाई हाँसो लागेको छ र उनले युनाइटेड छाड्ने मनाशन बनाएको खण्डमा रोनाल्डोको लागि मोलिनक्समा ठाउँ रहेको बताएका छन्।

“उनी एउटा मेसिन हो,” लागेले मिररसँग कुरा गर्दै स्वीकार गरे, “उनी केवल गोल गर्न चाहन्छन् र गोल गर्न चाहन्छन् र गोल गर्न चाहन्छन्। उनी त्यसका लागि बाँच्ने गरेका छन्। उनी एक विशाल खेलाडी हुन् र संसारको हरेक टोलीले उनलाई चाहन्छ। यो फुटबल हो र सबैको विचार हुन्छ। तर यदि युनाइटेड उनीसँग खुसी छैन भने मसँग उनको लागि क्लबमा ठाउँ छ, तर मलाई थाहा छ क्लब उनीसँग खुसी छन्। उनले धेरै सानै उमेरबाट नै शीर्ष स्तरमा खेल्न थालेका थिए र उसले अहिलेसम्म पनि उही स्तरमा खेल जारी राखेका छन्।”

बिहीबार साँझ बर्नलीमाथि युनाइटेडको ३-१ को जितमा रोनाल्डोले तेस्रो गोल गर्दा अन्तरिम प्रबन्धक राल्फ राङ्गनिकको नेतृत्वमा टोलीले अपराजित यात्रा कायम राखेको छ।

प्रकाशित : आइतबार, पुष १८, २०७८१२:५९

म्यानचेस्टर सिटी नै किन्ने सुरमा बार्सिलोना ?