ग्रहहरुको राशि परिवर्तनले सबै राशिलाई यसको प्रभाव पर्ने गर्छ । जनावरी महिनाको १४ तारिकमा सुर्य देव मकर राशिमा प्रवेश गर्दछन् जसको प्रभाव केही राशिलाई शुभ हुने भएको छ भने केही राशिलाई अशुभ हुने भएको छ । यस सूर्य देवको राशि परिवर्तनको कारण ज्योतिष शास्त्रका अनुसार यी परिवर्तन ५ राशिका मानिसका लागि निकै शुभ साबित हुने भएको छ ।
मेष राशि
मेष राशिको लागि सूर्य देवको राशि परिवर्तन निकै शुभ हुने भएको छ । करियरमा उल्लेखनीय प्रगति हुनेछ। काममा पदोन्नति प्राप्त हुनेछ। सरकारी क्षेत्र वा राजनीतिसँग सम्बन्धित व्यक्तिहरूको भाग्य चम्किनेछ। तपाईको कामको प्रशंसा हुनेछ। यस समयमा फरक पहिचान हुनेछ ।
वृष राशि
वृष राशिका व्यक्तिहरूले करियरमा सफलता मिल्नेछ। आम्दानीमा बृद्धि हुनुको साथै बचत बढ्ने छ । पुराना समस्याहरू समाधान भएपछि तपाईले राहतको महसुस गर्नुहुनेछ । कार्यस्थलमा तपाईको कार्य उत्कृष्ट रहनेछ। कुनै शुभ समाचारले तपाईको मन प्रफुल्लित बनाउनेछ।
सिंह राशि
सिंह राशिको स्वामी सूर्य देव भएकाले यस राशिका मानिसमा सूर्यको राशि परिवर्तनले बढी प्रभाव पार्छ । पदोन्नति-वृद्धिको प्रबल सम्भावना छ। आर्थिक अवस्था मजबुत हुनेछ । कामले सबैको मन जित्नुहुनेछ। धेरै दिनदेखि मनमा मानमा रहेको चाहना पूरा हुनेछ।
वृश्चिक राशि
नयाँ कामको प्रस्ताव आउनेछ। सरकारी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले ठूलो सफलता हात पार्न सक्छन्। धन लाभ हुनेछ । समग्रमा यो समय राम्रो रहनेछ।
मीन राशि
मीन राशिका व्यक्तिहरूले करियरमा पैसाका साथै प्रसिद्धि दुवै मिल्नेछ। आफ्नो करियरको ती उचाइहरूमा पुग्नुहुनेछ, जुन तपाईले सोचेको पनि थिएन। राजनीतिमा सक्रिय व्यक्तिहरूले ठूलो प्रतिष्ठा पाउन सक्छन्।