एजेन्सी – प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडले वुल्भ्सको सामना गर्दैछ। सन् २०२२ लागेपछि युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा वुल्भ्सको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार सोमबार रातको ११ बजेर १५ मिनेटमा शुरु हुनेछ।
शिर्ष चारमा प्रवेश गर्ने अभियानमा रहेको युनाइटेडका लागि आजको खेल धेरै नै महत्वपूर्ण रहनेछ। युनाइटेड प्रिमियर लिगका पछिल्ला ६ खेलमा पराजित भएको छैन। पछिल्ला ६ खेलमा युनाइटेडले २ खेलमा बराबरी खेल्दा ४ खेलमा जित निकालेको छ।
युनाइटेड लिगको सातौँ स्थानमा छ भने वुल्भ लिगको नवौं स्थानमा छ। युनाइटेडले १८ खेलमा ९ जित निकालेको छ भने ५ खेलमा हार बेहिरेको छ। त्यस्तै वुल्भ्सले भने १८ खेलमा ७ खेलमा जित निकाल्दा ७ खेलमै हार बेहोरेको छ। युनाइटेडको ३१ अंक हुँदा वुल्भ्सको २५ अंक छ।
रोनाल्डो खेल्ने सम्भावना कति ?
आज राति हुने खेलमा क्रिस्टियानो रोनाल्डो खेल्ने सम्भावना उच्च छ। सिजनको मध्यमा केहि कम्जोर प्रदर्शन गरेपनि रोनाल्डो पछिल्ला खेलहरुमा धेरै नै राम्रो प्रदर्शन गरिरहेका छन्। रोनाल्डोले बर्नली विरुद्धको खेलमा जित निकाल्दा पनि गोल गरेका थिए।
खेल कुन च्यानलमा हेर्ने ?
युनाइटेड र वुल्भ बीच हुने खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैन। यो खेल हेर्नको लागि नेपालमा भारतीय च्यानलको भर पर्नुपर्नेछ। खेल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

