वृष राशि

जनवरीको यो साता यस राशिका मानिसहरुका लागि सुख र सौभाग्यले भरिपूर्ण रहनेछ । घरमा सबै प्रकारको सुख-समृद्धि रहनेछ र कुनै त्यस्तो घटना पनि घट्न सक्छ जसमा परिवारका सदस्यहरूबीच मेलमिलाप बढ्नेछ । जागिर खानेहरूका लागि कार्यस्थलमा राम्रो सफलता मिल्नेछ। सुख सुविधामा खर्च बढ्नेछ ।
मिथुन राशि

यो साता तपाईंको लागि राम्रो र फलदायी रहनेछ। नयाँ रोजगारीको अवसर मिल्नेछ । व्यापार व्यवसाय गर्नेहरुका लागि यो साता नाफा कमाउने साता रहनेछ । पैतृक सम्पत्तिको बिक्रीबाट लाभ हुने सम्भावना छ। दाम्पत्य जीवनमा मधुरता रहनेछ।
सिंह राशि

सिंह राशिका लागि यो साता निकै लाभदायक रहनेछ । आकस्मिक धन लाभको सम्भावना रहेको छ। यो साता लेनदेनमा सावधानी अपनाउनुपर्नेछ। प्रतियोगिताको तयारीमा जुटेका विद्यार्थीहरुको लागि यो समय शुभ रहेको छ । यो साता परिवारमा हाँसो र खुशीका साथ समय बिताउन पाइनेछ।
तुला राशि

यो साता तपाईंका लागि धन र सफलता प्राप्त गर्ने साता रहनेछ। आर्थिक मामिलामा यो साता शुभ समाचार सुन्न पाइनेछ । यो साता कुनै योजना बनाएर अगाडि बढ्न सक्नुहुन्छ। जुन तपाईंको लागि फाइदाजनक हुनेछ। जमिनमा धन लगानी गर्नको लागि समय निकै शुभ रहनेछ ।
मीन राशि

यो साता मीन राशिका व्यक्तिहरूले करियर र व्यापारमा नयाँ अवसर प्राप्त गर्नेछन्। काममा कुनै परियोजनाबाट धन आर्जन हुने सम्भावना छ। नोकरी गर्नेहरुका लागि यो साता निकै शुभ रहनेछ । परिवारका साथ कतै घुम्न जान सकिनेछ।

