‘पिर्के सलामी’का कारण चर्को आलोचना भएपछि झाँक्रीले मुख खोलिन् ! के भनिन् ?

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कार्यक्रम रद्द गर्नुपर्ने अवस्था आएपहि पिर्के सलामी ग्रहण गरेको स्पष्टिकरण दिएकी छन्। पहिला पिर्के सलामीको विरोध गर्दै आएकी झाँक्री आफैंले पिर्के सलामी ग्रहण गरेको भन्दा चर्को आलोचना भएपछि यस्तो स्पष्टिकरण दिएकी हुन्।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको सचिवालयले स्पष्टिकरण दिँदै प्रहरी कार्यालयकाे निरिक्षण गर्ने कार्यक्रममा सहभागी हुने वा कार्यक्रम रद्द गर्ने दुई मात्र विकल्प बाँकी भएपछि पहिलो विकल्प रोकिएको बताएको छ।

आफूहरुले आलोचना हुन्छ भन्ने थाहा पाउँदा पाउँदै सलामी ग्रहण गरेको पनि झाँक्रीको सचिवालयले जनाएको छ। सलामी कानुनअनुसार राज्यको एउटा अगंले विशिष्ट व्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानको सामान्य प्रक्रिया रहेको सचिवालयको भनाई छ।

झाँक्रीको सचिवालयले दिएको स्पष्टिकरण निम्न छ

हामी पाँच दिनदेखि गृह जिल्ला गुल्मीमा छाै । जिल्लाका विभिन्न पालिका तहमा पार्टीका कार्यक्रम,राजनीति दलका स्थानीय नेतृत्वसगँ अन्तरक्रियाकाे साथै जिल्लास्थित सरकारी कार्यालयहरुमा निरिक्षण,अनुगमन गर्ने काम भएको छ ।

यसै सिलसिलामा मदाने गाउँपालिका पुर्काेटदहमा रहेकाे ईलाका प्रहरी कार्यालय निरिक्षण गर्ने कार्यक्रम थियाे । कार्यालय परिसरभित्र संघीय सरकारकाे मन्त्री हैसियतमा प्रवेश गर्दा संविधान,कानुन अनुसार सम्मान स्वरुप सलामी दिने प्रचलन रहेछ । आफ्नो परिसरभित्र प्रवेश गर्ने विशिष्ट व्यक्तिलाई सम्मान दिनु प्रहरीले आफ्नो कर्तव्य ठान्ने रहेछ ।

हामीसगँ दुईवटा विकल्प थिए । पहिलो विकल्प प्रहरी कार्यालयकाे निरिक्षण गर्ने कार्यक्रममा सहभागी हुने वा दाेस्राे विकल्प कार्यक्रम रद्द गर्ने । हामीले पहिलो विकल्प नै राेज्याै,आफ्नै गाउँपालिकाभित्र रहेकाे संघीय सरकारकाे महत्त्वपूर्ण कार्यालयकाे निरिक्षण गर्ने ।

याे प्रहरी कार्यालयसगँ मन्त्री ज्युकाे भावनात्मक सम्बन्ध पनि रहेको छ । द्वन्द्वकाे क्रममा खुम्चिएकाे प्रहरी कार्यालय पुनः स्थापना हुने क्रममा विभिन्न राजनीति कारणले अन्यत्र सारिएको थियाे । वर्तमान शहरी विकास मन्त्री ज्युकाे पहलमा त्याे वेला पुर्काेटदहमै पुनःस्थापना गर्ने काम भएकोले पनि कार्यालय प्रमुख र स्थानीय समाजसेवीहरुले ईलाका प्रहरी कार्यालयकाे अनुगमन गराउन र सम्मान गर्न चाहनुहुन्थ्याे ।

त्यसकारण हामीले उहाहरुकाे आग्रहलाई स्वीकार गरेका हाै । निरिक्षणकाे कार्यक्रम रद्ध गरेर उहाहरुलाई हामी दुखी वनाउन चाहेनाै । हामीलाई सामाजिक सन्जालमा आलाेचना हुन्छ भन्ने पनि थाहा थियोे । तर याे कुनै आलोचना विषय भने हैन । कानुनअनुसार राज्यकाे एउटा अगंले विशिष्ट व्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानकाे सामान्य प्रकृया हाे ।

प्रकाशित : सोमबार, पुष १९, २०७८१५:५१

राजावादीहरूलाई ट्याउँट्याउँ नगर्न बाबुरामको चेतावनी !