पल मर्सनले राल्फ रांगनिकलाई चेतावनी दिएका छन् कि म्यानचेस्टर युनाइटेडको लागि अहिलेको समय राम्रो देखिएको छैन र यो स्थितिको हल रोनाल्डोलाई सुरुवाती ११ बाट बाहिर निकाल्नु हुनसक्ने सुझाव पनि दिएका छन्।
अन्तरिम प्रशिक्षकले ओल्ड ट्राफोर्ड डगआउटमा आफ्नो कार्यकालको अपराजित सुरुवातको आनन्द उठाएका छन्, चार प्रिमियर लिग खेलहरू मध्ये तीन जित्दै। तर रेड डेभिल्स अहिलेसम्म उत्कृष खेलको विश्वस्त हुन सकेका छैनन्, विशेष गरी रेलिगेसन जोनमा रहेको न्यूक्यासल युनाइटेडसँगको बराबरी पछि क्लबको प्रदर्शनको निकै आलोचना भएको थियो।
१-१ को बराबरी पछि धेरै रोनाल्डोको नकारात्मक शारीरिक भाषाको रूपमा देखाएको प्रदर्शनको लागि आलोचनामा आए। ३६ वर्षीयाले यस सिजनमा अहिलेसम्म १४ गोल गरिसकेका छन् तर रांगनिकले लागू गर्न खोजिरहेको प्रणालीमा रोनाल्डो उपयुक्त हुनसकेको भन्ने कुरामा भने थुप्रै प्रश्न उठाएका छन्।
र पूर्व आर्सनल स्टार मर्सनले सोमबार राति वुल्भ्ससँगको प्रिमियर लिगको भिडन्तको लागि जर्मनले रोनाल्डोलाई प्रारम्भिक ११ बाट बाहिर राख्नु पर्छ भन्ने विश्वास गर्छन्। “तपाईंलाई थाहा नै हुन्न युनाइटेडले कस्तो प्रदर्शन गर्छ, कस्तो आशा गर्ने भनेर,” उनले स्पोर्ट्सकीडालाई वुल्भ्ससँगको घरेलु खेलको पूर्वावलोकन गर्दा भने, “उनीहरू नर्विच सिटीको बिरूद्ध धेरै भाग्यशाली थिए र न्युक्यासल युनाइटेडलाई हराउन सक्छन् भन्ने पनि लागेको थिएन। त्यसैले यो फेरि उनीहरूका लागि कठिन खेल हुनेछ।”
म्यानचेस्टर युनाइटेडले यस सिजन प्रिमियर लिगमा टप ४ मा समाप्त नगर्ने दाबी गर्दै उनले भने, “म्यानचेस्टर युनाइटेड अहिले धेरै टाढा छ र यदि उनीहरु कुनै पनि तरिकाले चौथो स्थानमा पुग्न सफल भए, यो उनीहरूको लागि उत्कृष्ट सिजन हुनेछ। टोलीको कुरा गर्ने हो भने मलाई लाग्छ रोनाल्डोलाई हटाउनु पर्छ।”