किन कहिले पनि टुट्दैन सलमानको हातमा ब्रेसलेट ? कसले दिएका थिए ?

एजेन्सी – बलिउडका सबै भन्दा चर्चित र सफल अभिनेतामा पर्छन् सलमान खान। एक हिसाबले भन्ने हो भने सलमानले कयौं दशक बलिउडमा राज नै गरे। अझै पनि उनका चलचित्रहरु हिट हुन्छन्। भारतमा मात्र नभई विश्वभर चर्चित सलमानले केहि समय अगाडी मात्र आफ्नो ५६ औं जन्मदिन मनाए।

यो उमेर सम्म आइपुग्दा सलमानको निजी जीवनमा कयौं परिवर्तन आए। उनको कयौं नायिकाहरुसँग चक्कर चल्यो र ब्रेकअप पनि भयो। यसबीचमा सलमानको लुक देखि फेसन सम्ममा धेरै परिवर्तन देखियो। तर सलमानले अहिले सम्म आफ्नो हातमा लगाउने ब्रेसलेट भने खासै परिवर्तन गरेका छैनन्। लामो समय देखि उनको हातमा एक ब्रेसलेट देखिँदै आएको छ। भन्ने नै हो भने उक्त ब्रेसलेट सलमानको चिनारी नै हो।

ब्रेसलेटसँग के छ त्यस्तो विशेष सम्बन्ध ?

सलमानका लागि सो ब्रेसलेटले धेरै नै विशेष अर्थ राख्छन्। सो ब्रेसलेट सलमानलाई उनका पिता सलिम खानले दिएका हुन्। सलिमले पनि त्यस्तै प्रकारको ब्रेसलेट लगाउने गरेका छन्। सलमान चलचित्र क्षेत्रमा प्रवेश गर्दा सलिमले सो ब्रेसलेट दिएका थिए।

सलमानको ब्रेसलेट एक पथ्थर पनि छ। उक्त पथ्थरलाई सलमानले फिरोजा नाम दिएका छन्। फिरोजाले आइपर्ने सबै समस्या र नकारात्मकताबाट बचाउने सलमानको विश्वास छ।

प्रकाशित : सोमबार, पुष १९, २०७८२१:२१

पहिला धेरै मिल्ने सलमान र शाहरुख बीच भएको थियो ठूलो लफडा, झन्डै भएको थियो हानाहान !