काठमाडौँ – साताको तेस्रो दिन मंगलबार आज सुनको मूल्य घटेको छ। साताको पहिलो दिन बढेर दोस्रो दिन घटेको सुनको मूल्य तेस्रो दिन आज पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार २ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ९ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको छ। यस अगाडी सुनको मूल्य आइतबार तोलामा ७ सय रुपैंयाँले बढेको थियो भने सोमबार ३ सय रुपैंयाँले घटेको थियो। आज कायम भएको सुनको मूल्य बिहिबार यताकै सस्तो हो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ। जससँगै चाँदीको मूल्य १ हजार २ सय ६५ रुपैंयाँ कायम भएको छ।