लापोर्टाले भने – ‘सबै तयार हुनु, अब हामी फिर्ता भएका छौँ’

एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले आर्थिक समस्याका बाबजुद बार्सिलोना प्रतिष्पर्धामा फिर्ता भएको बताएका छन्। म्यानचेस्टर सिटीका स्ट्राइकर फेरान टोरेसलाई अनुबन्ध गरेपछि लापोर्टाले बार्सिलोना पुनः प्रतिष्पर्धामा फिर्ता भएको बताएका हुन्।

लापोर्टाले बार्सिलोनाको पुनर्निर्माण शुरु भइसकेको र बार्सिलोना अब क्रमिक रुपमा प्रतिष्पर्धामा फिर्ता हुने दावी गरे। फेरान टोरेससँगको सम्झौता शुरुवात मात्रै भएको लापोर्टाको भनाई छ।

“विश्वका सबैजना तयार रहुन्, किनभने बार्सिलोना बजारमा ठूला खेलाडीको रुपमा फिर्ता भएको छ। बार्सिलोना फिर्ता आएको छ”,फेरान टोरेसलाई क्लबमा प्रस्तुत गर्नेक्रममा लापोर्टाले भने।

लियोनेल मेस्सीले छाडेपछि क्लबमा देखिएको संकटका कारण बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ। बार्सिलोना लालिगामा अहिले च्याम्पियन्स लिगमा ठाउँ बनाउनको लागि संघर्ष गरिरहेको छ। यस्तो अवस्थाले खेलाडीहरु अनुबन्ध गर्न खासै फरक नपार्नेमा लापोरता ढुक्क छन्। लापोर्टाका अनुसार बार्सिलोना एक पटक पुनः उदाउने छ।

“हामी फुटबल बजारमा फिर्ता भएका छौँ। टोरेस यस्तै एक उदाहरण हुन्। अरु सबै तयार रहुन्, किनकी हामी फिर्ता भएका छौँ।”,लापोर्टाले भने। उनले विन्टर ट्रान्सफर विन्डो कठिन भएपनि थप पैसा सापटी लिन पर्ने अवस्था नरहेको बताए।

प्रकाशित : मङ्गलबार, पुष २०, २०७८११:३७

जीवनमै दोस्रो पटक युनाइटेडको कप्तान हुँदा रोनाल्डोले हावा खाए, युनाइटेडलाई लाग्यो ४० वर्षकै ठूलो झड्का !