जीवनमै दोस्रो पटक युनाइटेडको कप्तान हुँदा रोनाल्डोले हावा खाए, युनाइटेडलाई लाग्यो ४० वर्षकै ठूलो झड्का !

एजेन्सी – पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले सोमबार राति आफ्नो फुटबल करियरमा दोस्रो पटक म्यानचेस्टर युनाइटेडको कप्तानी सम्हाले। वल्भ्स विरुद्धको खेलमा रोनाल्डोले युनाइटेडको कप्तानी सम्हालेका हुन्।

रोनाल्डोले युनाइटेडको कप्तानी सम्हालेको यो दोस्रो पटक हो। यस भन्दा अगाडी रोनाल्डोले सुन २००८ मार्च १९ मा युनाइटेडको कप्तानी सम्हालेका थिए। रोनाल्डोले कप्तानी सम्हालेको दोस्रो खेलमा युनाइटेडले धेरै नै कम्जोर प्रदर्शन गर्यो।

वल्भ्ससँगको खेलमा युनाइटेडले डिफेन्स देखि आक्रमण सम्ममा नै कम्जोर प्रदर्शन गर्यो। युनाइटेडको घरेलु मैदानमा भएको खेलमा वल्भ्सले पहिलो हाफमै १५ प्रहार गरेको थियो। जसमध्ये १ प्रहार गोलमा समेत परिणत हुन पुग्यो। ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड विरुद्ध पहिलो हाफमै यति धेरै प्रहार कुनै पनि टीमले गरेको थिएन।

वल्भ्सले लगातार पेलेपछि प्रशिक्षक राल्फ राङनिकले टीममा केहि परिवर्तन गरे। खेल सकिन लगभग आधा घण्टा बाँकी रहँदा उनले ब्रुनो फर्नान्डेजलाई मैदान प्रवेश गराएका थिए। त्यसले खेल प्रदर्शनमा केहि सुधार ल्याएपनि बराबरी दिलाउन भने सकेन।

४० वर्ष पछिको जित

म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा गएको ४० वर्ष देखि वल्भ्सले युनाइटेड विरुद्धको खेलमा जित निकाल्न सकेको थिएन। तर सोमबार ४० वर्षपछि वल्भ्सले युनाइटेड विरुद्ध जित निकालेरै छाड्यो। वल्भ्सले ओल्ड ट्राफोर्डमा सन् १९८० मा जित निकालेयता युनाइटेड विरुद्ध जित निकाल्न सकेको थिएन।

प्रशिक्षकमा राल्फ राङनिक नियुक्त भएपछि युनाइटेड पराजित भएको थिएन। राङनिकले जिम्मेवारी सम्हालेपछि युनाइटेडले प्रिमियर लिगमा ५ खेल खेल्दा ४ खेलमा जित निकालेको थियो भने १ खेलमा बराबरी खेलेको थियो। तर छैठौं खेलमा भने युनाइटेड पराजित हुन पुग्यो।

प्रकाशित : मङ्गलबार, पुष २०, २०७८११:५६

रोनाल्डोलाई धज्जी उड्ने गरी भनियो, रोनाल्डो भन्दा खत्तम कप्तान कोहि पनि थिएन भन्न थालियो !