गोल्डेन बुट रेसबाट मेस्सी ‘आउट’, रोनाल्डोको पनि ‘हरि-बिजोग’ ! को छ सबै भन्दा अगाडी ? [सूची]

एजेन्सी – सन् २०२१-२२ को सिजन आधा सकिएको अवस्थामा युरोपको गोल्डेन बुटको लागि प्रतिष्पर्धा तातिदै छ। युरोपका शिर्ष लिगका गोलकर्तालाई दिइने गोल्डेन बुटका लागि धेरै स्टार खेलाडीहरु बीच प्रतिष्पर्धा हुने देखिन्छ।

गएको सिजन ४१ गोल गर्दै गोल्डेन बुट जितेका जर्मन च्याम्पियन बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की यस वर्ष पनि गोल्डेन बुटको मुख्य दाबेदारको रुपमा अगाडी आएका छन्। लेवान्डोस्कीले बुन्डेसलिगाको जारी सिजनमा १९ गोल गरिसकेका छन्। अन्य लिग भन्दा ४ कम खेल हुने बुन्डेसलिगामा लेवान्डोस्कीले १७ खेलमा नै १९ गोल गरेका हुन्।

लेवान्डोस्कीलाई बुन्डेसलिगामा पछ्याइरहेका बायर लेभरकुसेनका प्याट्रिक शिकले यूइएफए गोल्डेन बुट दौडमा पनि लेवान्डोस्कीलाई पछ्याइरहेका छन्। प्याट्रिकले बुन्डेसलिगाका १४ खेलमा १६ गोल गरिसकेका छन्। सिजनका बाँकी खेलमा हालको लयलाई कायम राखेको खण्डमा गोल्डेन बुट दौडमा उनले सबैलाई कडा टक्कर दिने पक्का जस्तै छ।

त्यस्तै गोल्डेन बुट रेसको तेस्रो स्थानमा फिओरेन्टिनाका डुसान भ्लाहोभिक रहेका छन्। सिरी ‘ए’को जारी सिजनमा उनले पनि १६ गोल गरेका छन्। १९ खेल खेल्दा उनले यो संख्यामा गोल गरेका हुन्। डुसानलाई प्रिमियर लिग क्लब लिभरपुलका मोहम्मद सलाहले पछ्याइरहेका छन्। जारी सिजनमा सलाहले १६ गोल गरेका छन्। सलाहले प्रिमियर लिगका २० खेलमा १६ गोल गरेका हुन्।

स्पेनिस महारथी रियल म्याड्रिडका करिम बेन्जेमा गोल्डेन बुट दौडको पाँचौं स्थानमा छन्। उनले लालिगामा अहिले सम्म १५ गोल गरेका छन्। बेन्जेमालाई बोरुसिया डर्टमण्डका एर्लिङ हालाण्डले पछ्याइरहेका छन्। हालाण्डले ११ खेलमा १३ गोल गरिसकेका छन्।

कता छन् मेस्सी, रोनाल्डो र एम्बाप्पे ?

गएका सिजनहरुमा शिर्ष गोलकर्ता बन्ने होडमा रहने गरेका लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र किलियन एम्बाप्पे यसपालि केहि पछि छन्। युरोपको गोल्डेन बुट दौडमा एम्बाप्पे १८ औं स्थानमा छन्। एम्बाप्पेले फ्रेन्च लिग वानमा अहिले सम्म मात्रै ९ गोल गरेका छन्। त्यस्तै रोनाल्डो यस मामलामा रोनाल्डो शिर्ष २० मा पनि छैनन्। प्रिमियर लिगमा उनले अहिले सम्म मात्रै ८ गोल गरेका छन्।

त्यस्तै यस मामलामा लियोनेल मेस्सीको त नामै नलिँदा पनि हुन्छ। मेस्सीले यस सिजन गोल्डेन बुटका लागि प्रतिष्पर्धा नै गर्न नसक्ने देखिन्छ। मेस्सीले लिग वानमा मात्रै १ गोल गरेका छन्। एक हिसाबले भन्ने हो भने मेस्सी गोल्डेन बुट दौडबाट आउट भइसकेका छन्। शिर्ष स्थानका लेवान्डोस्की मेस्सी भन्दा १८ गोलले अगाडी छन्।

प्रकाशित : मङ्गलबार, पुष २०, २०७८१५:०९

रियलको मास्टर-स्ट्रोक: एम्बाप्पेबाट नै च्याम्पियन्स लिगमा पीएसजीको राम-धुलाई गर्ने प्लान !