इटालियन फुटबल एजेन्ट जियोभन्नी ब्रान्चिनीले स्थानान्तरण बजारको कुरा कान ठाडा पारेर सुन्ने गरेका छन् र उनले दाबीओ गरेका छन् कि रियल म्याड्रिडले किलियन एमबाप्पेको लागि पेरिस सेन्ट-जर्मेन (पीएसजी) लाई नयाँ प्रस्ताव गरेको छ।
गत समर ट्रान्सफर विन्डोमा २०० मिलियन भन्दा पनि बढी पैसा प्रस्ताव गरेको रियल म्याड्रिडको उक्त प्रस्ताव पीएसजीले इन्कार गरेको थियो। तर रियल म्याड्रिड जति सक्दो छिटै फ्रेन्च युवा स्टारलाई क्लबमा सामेल गराउन चाहन्छ। यस्तोमा, रियल म्याड्रिडले अब खेलाडीलाई अनुबन्ध गर्न प्रयास गर्न ५० मिलियन यूरोको नयाँ बोली लगाएको छ।
पीएसजीसँग एम्बाप्पेको सम्झौता अब मात्र ६ महिनाका लागि मात्र रहेको छ जसको अर्थ अर्को सिजनको सुरुवातमा रियलले एम्बाप्पेलाई नि:शुल्क ट्रान्सफरमा क्लब भित्र्याउन सक्छ। तर ब्रान्चिनीको दाबी अनुसार लस ब्लान्कोस आफ्नो लामो समयको लक्ष्य त्यो भन्दा पहिले प्राप्त गर्न चाहन्छ। ब्रान्चिनीले ला गजेटा डेलो स्पोर्टलाई भने, “यो अहिले पीएसजीमा निर्भर छ, किनकि रियल म्याड्रिडले केही दिन अघि एमबाप्पेलाई ५० मिलियन युरो प्रस्ताव गरेर फर्केको छ।”
“मलाई थाहा छैन यो कसरी अगाडी बढ्ने छ। मलाई लाग्छ कि फ्लोरेन्टिनो पेरेजको यो कदम नजिकबाट हेर्न लायक छ। एमबाप्पे जस्ता खेलाडीका लागि नि:शुल्क ट्रान्सफर हुनु लाजमर्दो कुरा हो। मलाई थाहा छैन उनीहरू पेरिसमा यसबारे के सोच्छन्,” उनले भने। विशेषगरी गत समरमा २०० मिलियन भन्द बढीको प्रस्ताव आउँदा आफ्नो स्टार खेलाडी बेच्न तयार नभएको पीएसजीले रियलको यो प्रस्ताव स्वीकार गर्ने कतै देखिँदैन।
रियल म्याड्रिड र पीएसजी च्याम्पियन्स लिग अन्तिम १६ मा आमने-सामने हुँदैछन्। यस्तोमा, यदि एम्बाप्पे जनावरी मै रियल गए भने उनले फेब्रुअरी र मार्चमा रियलको सेतो जर्सीमा आफ्ना वर्तमान पीएसजी साथीहरूको सामना गर्नेछन्।

