एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले ग्यारेथ बेल घाइते नरहेको बताएका छन्। लालिगामा अल्कोयानो विरुद्धको खेल अगाडी पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा एन्सेलोटीले बेल घाइते नरहेको बताएका हुन्।
पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै घाइते नभएपनि बेलले ठीक महसुस गर्न नसकिरहेको बताए। रियल म्याड्रिडमा मात्रै ६ महिना सम्झौता रहेका कारण बेल प्रतिबद्ध रहेको एन्सेलोटीको भनाई छ।
“बेल ठीक महसुस गरिरहेका छैनन्। तर उनी घाइते पनि छैनन्। उनी प्रतिबद्ध छन् किनभने रियल म्याड्रिडमा उनको सम्झौतामा छ महिना बाँकी छ।”,एन्सेलोटीले भने।
बेलले खासै सहज महसुस गर्न नसकिरहेको एन्सेलोटीले बताए। बेल कतै केहि हुने त होइन भनेर त डराइरहेका छैनन् भन्ने विषयमा आफूहरुले मूल्याङ्कन गर्नुपर्ने एन्सेलोटीको भनाई छ। उनले भने,”बेलले सहज महसुस गरिरहेका छैनन्। यदि उनी कुनै समस्या हुने हो कि भनेर हराएका हुन् भने हामीले त्यसलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ।”
बेल अल्कोयानो पछिको खेलमा उपलब्ध हुन सक्ने एन्सेलोटीको विश्वास छ। त्यसो हुन नसकेको खण्डमा बेल सुपरकोपा डे स्पानाका लागि उपलब्ध हुन सक्नेछन्।