एजेन्सी – क्रिस्टियानो रोनाल्डो युभेन्टसबाट म्यानचेस्टर युनाइटेड आउँदा धेरै योजनाहरु बोकेर आएका थिए। आफूले खेलिसकेको पूर्वक्लब युनाइटेडमा रहेर धेरै उपाधि जित्ने उनको योजना थियो। तर अवस्था यस्तो बन्यो कि युनाइटेडमा उपाधि जित्ने कुरा त पर रह्यो, च्याम्पियन्स लिगका लागि छनौट हुन समेत हम्मे-हम्मे पर्ने देखियो।
युनाइटेड अहिले प्रिमियर लिगमा धेरै नै कम्जोर प्रदर्शन गरिरहेको छ। नयाँ प्रशिक्षक राल्फ राङनिक आएपनि प्रदर्शनमा सुधार हुने अपेक्षा गरिएपनि युनाइटेडका खेलाडीहरुअट त्यस्तो केहि हुन सकिरहेको छैन।
राल्फ आएपछि युनाइटेडले प्रिमियर लिगका लगातार पाँच खेलमा नहारेपनि सोमबार वल्भ्ससँग पराजित भयो। घरेलु मैदानमै पराजित भएसँगै युनाइटेडको च्याम्पियन्स लिगका लागि छनौट हुन हम्मे-हम्मे पर्ने देखिन्छ।
च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना कति ?
हुन त लिगका आधा खेल मात्र खेलिएको अवस्थामा युनाइटेड च्याम्पियन्स लिग छनौटबाट आउट भइसक्यो भनिहाल्न त हतार होला। तर हालको अवस्थालाई हेर्न्दा त्यस्तै देखिन्छ। प्रिमियर लिगका १९ खेल खेल्दा युनाइटेले मात्रै ३१ अंक बनाएको छ। युनाइटेडलाई समान खेल खेलेको वल्भ्सले २८ अंक सहित पछ्याइरहेको छ।
सातौँ स्थानमा रहेको युनाइटेड भन्दा अगाडी टोटेनहम, वेष्ट ह्याम र आर्सनल छन्। एक हिसाबले भन्नु पर्दा शिर्ष चारमा प्रवेश गर्नको लागि युनाइटेडले यीनै तीन क्लबसँग प्रतिष्पर्धा गर्नुपर्नेछ। लिगको पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका म्यानचेस्टर सिटी, चेल्सी र लिभरपुल भन्दा युनाइटेड धेरै टाढा छ। यस हिसाबले अब युनाइटेडको टार्गेट चौंथो स्थानमा रहने रहेको छ।
एक खेल बढी खेलेको वेष्ट ह्याम ३ अंकले अगाडी रहेपनि १ खेल कम खेलेको टोटेनहम युनाइटेड भन्दा २ अंकले अगाडी छ। त्यस्तै हाल अहिले लिगको चौंथो स्थानमा रहेको आर्सनलले युनाइटेड भन्दा १ खेल बढी खेलेर ३५ अंक बनाएको छ।