लगातार दुई दिन बढेको सुनको मूल्य आज बढ्यो ! कति ?

काठमाडौँ – साताको चौंथो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। साताको पहिलो दिन आइतबार बढेर लगातार दुई दिन सोमबार र मंगलबार घटेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ६ ​सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ८ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ६ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार ३ ​सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी सुनको मूल्य आइतबार तोलामा ७ सय रुपैंयाँले बढेको थियो भने सोमबार ३ सय रुपैंयाँले घटेको थियो। त्यस्तै मंगलबार भने सुनको मूल्य ९ सय रुपैंयाँले घटेको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ। चाँदी आज १ हजार २ सय ६० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : बुधबार, पुष २१, २०७८१०:४१

आजबाट फेरी हिउँ र पानी पर्न थाल्ने, कहिले सम्म ? यसो भन्छन् मौसमविद् !